यहाँको एक विद्यालयले विद्यार्थीलाई ट्राफिक नियमिबारे पढाउन थालेको छ । लिटल गार्डेन एकेडेमीले बजारमा जिल्ला ट्राफिक कार्यालयसँग सहकार्य गरी विद्यालयभित्रै तथा घुम्ती प्रशिक्षणमार्फत ट्राफिक जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

शैक्षिकसँगै ब्यवहारिक शिक्षालाई समेत प्राथमिकता दिएको विद्यालयले विद्यार्थीमार्फत अभिभावलाई समेत ट्राफिक नियमबारेमा जानकारी गराउने सहज हुने भएकाले घुम्ती प्रशिक्षण सञ्चालन गरेको प्रधानध्यापक खुमबहादुर केसीले बेनीअनलाइनलाई बताए । ‘सामाजिक अभियानमार्फत विद्यार्थीलाई सचेत बनाउँछौ,‘हरेक विद्यार्थीले अभिभावकलाई समेत सचेत बनाउँछन्’ केसीले भने ।

उनका अनुसार ट्राफिक प्रहरीले सचेतनासम्बन्धि भिडियो तथा विभिन्न प्रचार साम्रागी, बृत्त चित्र प्रर्दशन गरिने बताए । एकदिवशीय कार्यक्रम भएपनि आवश्यकता अनुसार निरन्तरता दिने गरी शैक्षिक तालिका बनाइएको बताए ।विद्यालयमा गरिएको कार्यक्रममा सवारीसाधनको गति, प्राविधिक पक्ष, बाटो काट्ने सुरक्षित तरिका, जेब्रा क्रसिङ लगाएत म्याग्दी बाहिर पोखरा, काठमाण्डौमा हुने विभिन्न सकेतका बारेमा समेत ट्राफिक प्रमुख मित्रलाल ढकालले सहजीकरण गरेका थिए ।

साँधुरो बेनीबजार तथा आसपासका क्षेत्रमा पैदलयात्राका क्रममा विद्यार्थी दुर्घटनाको जोखिममा पर्ने सम्भावना रहेको बताउँदै बाटो काट्ने तरिका, विद्यालयको बस तथा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने तरिका, सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु नचढ्ने लगाएत ट्राफिक प्रहरीको काम र कर्तब्यका बारेमा जानकारी गराइएको विद्यालयका संस्थापक बालकृष्ण सुबेदीले बताए । सोही अवसरमा विद्यालयले ट्राफिक सम्बन्धि जनचेतनामुलक होर्डिङ बोर्ड सौजन्य गरेको थि यो ।

Leave a Reply