तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच बीच पार्टी एकिकरणका लागि भएको गोप्य सहमति बाहिरिएको छ। तत्कालिन नेकपा एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भनिएको गोप्य पाँच बुदेँ सहमति सार्वजनिक भएको हो ।

अहिलेसम्म गोप्य राखिएको सहमति एकाएक बाहिरिएपछि राजनीतिक तरग फैलिएको छ । अप्रत्यक्ष रुपमा आलोपालोको चर्चागरेको अवस्थामा नेकपाका अध्यक्ष प्रचण्डले ऋषि धमलासँगको अन्तर्वार्तामा राजनीतिक वक्तव्य दिएको केही समयमै सहमति सार्वजनिक भएको हो।सहमति पत्रमा नेकपा एकता घोषणा हुनु अघिल्लो दिन २०७५ जेठ २ गतेको मिति छ।

Leave a Reply