सरकारले मुस्लिम धर्मावल्बी प्रमुख पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार अर्थमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटले मुस्लिम धर्मावल्बीको प्रमुख पर्वका अवसरका जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी गराउनु भएको हो ।

मन्त्रिपरिषद्ले मुस्लिम आयोग र अन्य मुस्लिम संगठनहरुको आग्रहमा जेठ २३ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसअघि इद उल फित्रमा दिइने सार्वजनिक बिदा सरकारले काटिदिएको थियो।

Leave a Reply