गण्डकी प्रदेशको उत्तरी नाका मुस्ताङ जिल्लामा भन्सार कार्यालय स्थापना हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दै गर्दा मुस्ताङ जिल्लामा भन्सार कार्यालय खोल्नका लागि बजेट बिनियोजन गरेको बताएका छन् ।

कोरला नाकामा भन्सार कार्यालय खुल्ने, मालढुंगा बेनी सडक दुई लेनको बन्नेपर्वत गण्डकी प्रदेशको उत्तरी नाका मुस्ताङ जिल्लामा भन्सार कार्यालय स्थापना हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दै गर्दा मुस्ताङ जिल्लामा भन्सार कार्यालय खोल्नका लागि बजेट बिनियोजन गरेको बताएका छन् ।

नेपाल र चिनको सिमानामा पर्ने कोरला नाकाबाट अन्तराष्ट्रिय ब्यापार बिस्तार गर्ने गण्डकी प्रदेश सरकारको पनि सोच छ । मुस्ताङको लोमान्थाङमा पर्ने कोरला नाकामा चिनले धमाधम भौतिक निर्माण गरिरहेको छ । चिनको तर्फबाट बनाइएको भन्सार कार्यालय लगभग सकिएको छ । तर नेपाली पक्षबाट निर्माण गरिएको छैन ।

नेपालले कोरलानाकासम्म सडक भने दु्रत गतिमा निर्माण गरिरहेको छ । सो सडक सकिए लगत्तै दुई देशबीचको ब्यापार शुरुवात गर्नका लागि भन्सार कार्यालयको अति आवश्यकता थियो । सो आवश्यकतालाई सम्बोधन गर्दै सरकारले यो बर्षका लागि बजेट बिनियोजन गरेको छ ।यसैगरी कोरल्ला नाका संग जोड्ने पर्वतको मालढुंगा देखि म्याग्दीको बेनीबजार सम्मको सडक समेत दुई लेनको बनाउने कुरा बजेटमा आएको छ । मालढुंगा देखि बेनी सम्मको सडक साँघुरो हुँदा समस्या थियो ।

१३ किलोमिटर लामो यो सडकलाई फराकिलो बनाउन डिपीआरमा ९९ करोड बजेट लाग्ने अनुमान छ । डिपीआर अनुसार बजेट बिनियोजन भएपछि उत्तर दक्षिण जोड्ने यो सडक खण्ड महत्वपुर्ण मार्गको रुपमा आउने छ । पर्वतबासीले मालढुंगा बेनी सडक बिस्तारका लागि अनुरोध गर्दै आएका थिए । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना यो सडकमा डिपीआर अनुसार बजेट बिनियोजन गराउन निरन्तर लाग्नु भएको छ भने प्रतिनिधीसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारी, प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बिकास लम्साल लगायतका नेताहरुले पनि पहल गर्दै आउनुभएको थियो ।

Leave a Reply