बजेटका कारण केही मोटरसाइकलको मूल्य घट्ने देखिएको छ ।सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटले १५५ सिसी क्षमतासम्मको मोटरसाइकललाई एउटै समूहमा राखेर अन्तःशुल्क कायम गरेपछि केही मोटरसाइकलको मूल्य घट्ने भएको हो । यसअघि ५० सिसीभन्दा माथि १५० सिसी क्षमतासम्मको एउटा समूह र अर्को समूहमा १५५ सिसी क्षमतादेखि २५० सिसी क्षमताको मोटरसाइकललाई अर्को समूहमा राखिएको थियो ।

तर आर्थिक विधेयकमा न्यूनतम ५० देखि १५५ सिसी क्षमतालाई एउटै समूहमा राखी अन्तःशुल्क कायम गरिएको छ ।विधेयकका १५५ सिसी क्षमतासम्मका मोटरसाइकलमा ४० प्रतिशत अन्तः शुल्क लाग्नेछ । साथै १५५ सिसी क्षमता नाघेको र २५० सिसी क्षमताको मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

जसको फाइदा यामाहा ब्राण्डको आर १५ भी ३, सुजुकी ब्राण्डको जिक्सर १५०, सुजुकी जिक्सर १५० एसएफ मोटरसाइकलमा पुगेको छ । यस अगाडि ५० प्रतिशत अन्तः शुल्क लाग्नेमा अब ४० प्रतिशत मात्रै अन्तःशुल्क बुझाए पुग्ने भएको हो ।तर अन्तः शुल्क १० प्रतिशतले कम भए पनि व्यवसायीहरुले कसरी मूल्य निर्धारण गर्छन सोही अनुसार मूल्य घट्ने वा यथावत रहने थाहा हुनेछ । clickmandu.com

 

 

Leave a Reply