आर्थिक वर्ष २०७६/७७ मा सरकारले सम्भावना रहेको स्थानमा खानी सञ्चालन गर्ने घोषणा गरेको छ । सार्वजनिक निजी क्षेत्रको साझेदारीमा खानी सञ्चालन गर्ने बताइएको छ । तर, बागलुङको राङखानीमा रहेको तामाखानी सञ्चालनका लागि सरोकारवाला निकाय मौन रहेको स्थानीयले बताएका छन् ।सरकारले बुधबार बजेट ल्यायो । अर्थमन्त्री युवराज खतिवडाले पेश गर्नुभएको बजेटमा सम्भाव्य स्थामा पेट्रोलियम, बहुमूल्य पत्थर, तामा, युरेनियम तथा सुन खानी उत्खनन अध्ययन सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्ष २०७५/७६ मा पनि खानी उत्खननका लागि सम्भाव्यता अध्ययन र सञ्चालन गर्ने प्रतिवद्धता थियो ।बागलुङको जैमुनी नगरपालिका वडा नम्बर १० राङखानीमा रहेको तामाखानी सञ्चालनमा आउन सकेन । हरेक वजेटमा खानी सञ्चालन उल्लेख हुने गरेपनि एक सय १६ वर्ष पुरानो यो तामाखानी सञ्चालनमा आउन सकेको छैन । राणाशासनमा राज्यलाई १४ धार्नी तामा कर बुझाउन नसक्दा बन्द गर्नुपरेको यो खानी चलाउन स्थानीयले माग राखेको निकै वर्ष भइसकेको छ ।

एक सय वर्षअघि तामाको धाउलाई कुटेर तामा निकाल्ने गरेको यहाँका स्थानीय बताउँछन् । त्यसबेला यहाँ २२ वटा खानी सञ्चालनमा थियो ।सरकारले खानी सञ्चालन गरेरे आम्दानी गर्ने भन्दापनि बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामाग्रीहरु आयात गरेर कर संकलनलाई बढावा दिएको यहाँका स्थानीयको आरोप छ । खानी विभागका अनुसार नेपालमा ९० भन्दा बढि स्थानमा मझौला र साना खालका खानी देखिएका छन् । बागलुङ जिल्लामा मात्रै १५ देखि २० स्थानमा तामाखानी रहेका छन् ।रबिना बोहरा

Leave a Reply