दक्षिण पर्वतमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको विहादी गाउँपालिकाकाकी बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको हो । जिल्लाको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम र्गने सुरजले विद्यालयबाट केही तल लगेर ती बालिकालाई जबर्जस्ती गरेका हुन् ।

सुरजको स्थायी घर पैयूँ गाउँपालिका–६ सरौँखोला भएको र उनले घटना स्वीकारेको गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए । इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे भाग्दै गरेको अवस्थामा सुरजलाई पक्राउ गरेको बताएको छ । पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको छ । प्रकाउ परेका सुरजलार्य जिल्ला प्रहरी कार्यालय लगेर अनुसन्धान गरी कारबाही अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply