म्याग्दीका विनोद भट्टचन राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश सहसचिवमा सर्वसम्मतिले चयन भएका छन् । राप्रपा म्याग्दीको संस्थापक सदस्य समेत रहेका भट्टचनलाई राप्रपाका अध्यक्ष कमल थापा, केन्द्रिय उपाध्यक्ष भिमप्रसाद गौचन लगाएतका केन्द्रिय नेताहरुको उपस्थितीमा सर्वसम्मतिले चयन गरिएको हो ।

राप्रपा म्याग्दीको डेढदशकदेखि कोषाध्यक्षको जिम्मेबारी सम्हाल्दै आएका गौचनले पार्टीको जिम्मेबारी अनुसार जिल्ला र प्रदेशमा सक्रिय हुने बताए ।  पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं १ निवासी भट्टचनले म्याग्दीले केन्द्रिय उपाध्यक्ष, केन्द्रिय सदस्य तथा प्रदेशमा समेत महत्वपूर्ण जिम्मेबारी प्राप्त गरेकोले पार्टीको गतिविधिलाई थप बलियो बनाउन सहज हुने बताए ।

थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष समेत रहेका भट्टचनलाई राप्रपा म्याग्दीका अध्यक्ष बीरबहादुर थापा, बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल लगाएतको उपस्थितीमा सम्मान तथा बधाई कार्यक्रम समेत गरिएको राप्रपा म्याग्दीले जनाएको छ ।

Leave a Reply