सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा

गोपाल छन्त्याल /सिड्नीः छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामायहिजुन ९ मा हुने सर्वाधिकधनराशीको‘प्रथम बेल्सन इन्टरनेशनलपुरुषतथामहिलाभलिबलकप’प्रतियोगिताको तयारीपूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीचअन्तरसंवादकार्यक्रमको आयोजनागर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामापुरुष स्पर्धा तर्फ १० टिम र महिलातर्फ ४ टिमले सहभागिताजनाउने सीपीएका खेलकुद संयोजकह्यारी छन्त्यालले जानकारी दिए ।

उनकाअनुसार, पहिलो पटक सिड्नीशहर भन्दाबाहिर युनाइटेड गोर्खा ब्रिसवेनले समेत प्रतियोगितामा सहभागिताजनाउँदैछ । ‘यहाँ सञ्चालनहुने कुनैपनिप्रतियोगितामा सिड्नीभित्रै समुदायिक संघसंस्था र क्लबलहरुले स्पर्धा गर्दै आएकाथिए’, उनले भने, ‘यसपटक पनि सिड्नीबाहिरबाट समेत टिम आउने हुनाले प्रतिस्पर्धा अझ रोमाञ्चकहुने अपेक्षा गरेका छौँ ।’ केहि समय अघि गठन भएको नेपालभलिबल संघ अष्टे«लियासँगको सहकार्यमा अन्तराष्ट्रिय रेफ्रीतथाअफिसियलहरुले खेल सञ्चालन गर्नेछन् ।

भलिबलको अन्तराष्ट्रिय मापदण्ड अनुसार खेल सञ्चालनहुनाले नेपाली खेलाडी कौशलअभिबृद्धिमा दीर्घकालीनफाइदापुग्ने आयोजकले अपेक्षा गरेको छ । सीपीएकाअध्यक्षपदम छन्त्यालको अध्यक्षतामाभएको कार्यक्रममा सहभागि टिमका प्रतिनिधीहरुको रोहबरमा गोलप्रथाबाट खेल तालिका (टाइसीट)को टुगो लगाईएको छ । कार्यक्रममानेपालभलिबल संघ अष्टे«लियाकाअध्यक्ष कृष्ण सुनारले प्रतियोगितालाई सफलबनाउन संघले सक्दो सहयोग गर्दै आएको बताए ।

‘सिड्नीमाबाहिरको टिम सहभागिताजनाउनु एकदमै राम्रो सुरुवातहो, यसले भलिबल खेल प्रतिको क्रेजलाई अझ बढावा दिन्छ’, उनले भने, ‘हामी संघलाई समेत संस्थागत र विकसितबनाउँदै अघि बढिरहेका छौँ ।’ प्रतियोगितामापुरुष स्पर्धा तर्फ विजेताले २५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ सय अष्टे«लियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, महिलातर्फ विजेताले ७ सय र उपविजेताले ४ सय अष्टे«लियन डलरसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

उत्कृष्ट खेल पस्कने लिफ्टर, स्पाइकर, बलकर, लिब्रो र प्रशिक्षकलाई व्यक्तिगतविधातर्फ पुरस्कृत गरिनेछ । सिड्नीलगायतअन्यशहरमा नेपाली समुदायले आयोजना गर्ने प्रतियोगिताभन्दा पुरस्कार र अन्यव्यवस्थापनकाहिसाबले समेत सर्वाधिकधनराशीको प्रतियोगिताभएको आयोजकले जनाएको छ ।  भलिबलमापुरुष स्पर्धा धेरै हुने भएपनिमहिलाहरुलाई प्रोत्साहन गर्न महिलाभलिबलप्रतियोगिता समावेश गरिएको सीपीएकाअध्यक्ष छन्त्यालले भनाई छ । १० वटै टिमका प्रतिनिधी, सीपीएकापदाधिकारी र विभिन्न सञ्चारमाध्यमकाप्रतिनिधि सम्मिलितकार्यक्रमको सञ्चालन सीपीएकामहासचिबलोकेन्द्र छन्त्यालले गरेका थिए । प्रतियोगिताअर्वन बास्केटबल सेन्टर लिडकममा हुनेछ ।