अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने रुप्से झरनामा पछिल्लो समय पर्यटकहरुको भीड बढ्न थालेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि  स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या बढ्दै गएको हो ।विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा रहेका छन् ।

रुप्से झरना र अन्धगल्छीको उच्च पर्यटकीय संभावना भएपनि पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँ लाभ लिन नसकेको स्थानीयले बताएका छन् ।पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ ।रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावर निर्माण गरिएको छ ।अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले पर्यटकलाई लक्षित पूर्वाधार विकासमा प्राथामिकताका साथ बजेट विनियोजन गर्ने बताए ।

Leave a Reply