जनताको नाममा राजनीतिक मार्फत सेवा गर्ने सपथ खाएका बेनी नगरपालिकाका जनप्रतिनिधिले रूखमा टिपेजस्तै गरी मनपरी सेवासुविधामा खर्च गर्ने गरेको अर्को तथ्य सार्वजनिक भएको छ । कर्मचारीजस्तै मासिक तलबभत्ता सहित विभिन्न सेवासुविधा लिने गरेका जनप्रतिनिधिले चालु आर्थिक बर्ष २०७५÷०७६ मा प्रदेश सरकारको मापदण्डमा तोकिएको मासिक तलबभत्ता बाहेक विभिन्न शिर्षक र उपशिर्षक खडा गरी जनप्रतिनिधि र कर्मचारीको नाममा करिव डेढ करोड विनियोजन गरेको खवर सार्वजनिक भएपछि तिब्र आलोचना भएको थियो ।

चालु आर्थिक बर्ष २०७४÷०७५ मा समेत सुविधाका नाममा मनपरी विनियोजन गरी खर्च गरेको पाइएको छ ।नगरपालिकाद्धार सार्वजनिक विवरणमै जनप्रतिनिधिको सेवा सुविधाका लागि गत वर्ष ठूलो रकम खर्च भएको देखिन्छ । गत असार १० गतेको नगरसभा प्रस्तुत भई पारित गरिएको नीति,कार्यक्रम तथा बजेट कितावका अनुसार बेनी नगरका जनप्रतिनिधिहरुले विभिन्न शिर्षकमा बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो ।

सेवासुविधका बारेमा सञ्चारमाध्यममा सार्वजनि भएपछि पत्रकारलाई पञ्चायती शैलीको शब्द प्रयोग गरी आलोचनामा उत्रिएका जनप्रतिनिधिले आफै सुविधा विनियोजन गरी प्रयोग गर्ने र भ्रमको खेती गरेको बताइरहदाँ गत वर्ष पदाधिकारी पारिश्रमिक वापत ६० लाख,पोशाक ५ लाख,स्थानीय भत्ता १० लाख,मंहगी भत्ता १० लाख र कर्मचारी वैठक भत्ता ५ लाख रुपियाँ खर्च भएको विवरण नगरपालिकै दस्तावेजमा प्रष्ट छ । कंगारू जनावरकौ कुदाईको शैलीाम अनुगमन, एउटै आयोजना पटकपटक अनुगमन तथा विभिन्न कार्यक्रममा रकम खर्च गर्ने नगरपालिकाले अन्य भत्ता भनेर २५ लाख रुपियाँ खर्च गरेको छ ।

पदाधिकारी वैठक भत्ता १० लाख,पदाधिकारी अन्य सुविधा ५ लाख,सञ्चार महशुल ४ लाख र इन्धन पदाधिकारी ५ लाख रुपियाँ खर्च भएको नीति,कार्यक्रम तथा बजेट किताबमा उल्लेख गरिएको छ ।यसै गरी इन्धन कार्यालय प्रयोजन ७ लाख,सवारी साधन मर्मत १० लाख,मेशनरी सामान मर्मत ५ लाख,कार्यालय सञ्चालन खर्च २० लाख,इन्धन अन्य प्रयोजन २ लाख,कर्मचारी तालिम खर्च १० लाख,अनुगमन तथा मूल्याङ्कन ५ लाख,भ्रमण खर्च १५ लाख,विविध खर्च १५ लाख,सभा सञ्चालन खर्च १० लाख,घर भाडा १० लाख,अन्य भाडा ५ लाख र भैपरी आउने चालु खर्च ५ लाख गरी दुई करोड ५८ लाख रुपियाँ खर्चलाई गत असारमा सम्पन्न नगरसभाले पारित गरेको थियो ।

नगरपालिकाको अस्वभाविक खर्चका बारेमा कलम चलाइरहेका पत्रकार ठाकुरप्रसाद आचार्यले जनप्रतिनिधिले विना आधारमा पत्रकारलाई र संचारगृहलाई तल्लोस्तरको शब्दप्रयोग गरी आरोप लगाएपनि गतबर्षको खर्चले उनीहरुको वास्तविक अनुहार छर्लङै भएको बताए । ‘तथ्य मेटिदैन्,‘तथ्याङ्क सहित आउन नसक्ने जनप्रतिनिधिहरु मुखले बोलेर मात्रै प्रतिवाद गरिरहेका छन्’ आचार्यले भने । उनले संघीयताको मर्म अनुसार स्थानीय तह सञ्चालन गरी जनताको भावना र आवश्यकतामा ध्यान दिन निरन्तर समाचारमार्फत जनतालाई सचेत बनाउने बताए ।

यता चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सवै खर्च नभएको र आफूहरुले नियमअनुसार पाउनु पर्ने मासिक पारिश्रमिक,सञ्चार र इन्धन सुविधा वाहेक अरु केही पनि सुविधा र भत्ता नबुझेको सोमबार विहान आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामकृष्ण बराइलीले बताएका थिए । उनले नेकपा सम्बद्ध जनप्रतिनिधिका तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । गतबर्ष खर्च भएको विवरणका बारेमा पत्रकारले सोधेको जिज्ञासालाई जनप्रतिनिधिले सहजै जवाफ दिन सकेनन् ।

Leave a Reply