जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ। साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम बढ्दै गैरहेको छ । तर, म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकम सिवाङकी जोनी छन्त्यालले विपन्न बालबालिकालाई सहयोग गरेर जन्म्दिन मनाएकी छन् ।

सिवाङ घरभई हाल अमेरिकामा सफ्यर इन्जिनियरिङी अध्ययरत छन्त्यालले गाउँकै हेम मावि सिवाङका विद्यार्थीलाई जुत्ता र विद्यालयलाई ल्यापटप, प्रोजक्टर सहयोग गरेकी छन् । करिव ७० हजार बराबरको सहयोग हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा छन्त्यालका बुवा एवम् गाउँपालिका शिक्षा शाखाका प्रमुख गिरीप्रसाद छन्त्यालले कक्षा १–५ का विद्यार्थीलाई र ६–१० का अति विपन्न विद्यार्थीलाई जुत्ता, विद्यालयको प्रयोजनका लागि ल्यापटप र प्रोजक्टर सहयोग गरेको विद्यालयका प्रधानध्यापक शेर बहादुर केसीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर मगरको समेत उपस्थिती रहेको थियो । ‘अबका सबै जन्मदिन समस्या परेका बालबालिकालाई सहयोग गरेर मनाउँछु,‘बुबाले पनि मलाई यस्तै कार्यमा सहयोग गर्न सल्लाह दिनुभयो’ छन्त्यालले भनिन् । उनी अमेरिकामा इन्जिनियरिङ शिक्षापछि नेपाललाई कार्यक्षेत्र बनाउने योजना बनाएको बताईन् ।

Leave a Reply