धौलागिरीका चारजिल्लाका पर्यटकलाई कास्कीबाटै हाइज्याक गरी मुक्तिनाथसम्म लैजाने वीरेठाँटी–मुक्तिनाथ केबलकारले पर्यटन क्षेत्र ध्वस्त हुने भन्दै चिन्ता ब्यक्त गरिएको छ । सडक सञ्जाल हुदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई कास्कीबाटै केबलकारमार्फत सिधै मुक्तिनाथ पु¥याउने योजनाले चारवटै जिल्लाको पर्यटन तथा आर्थिक गतिविधि तहसनहस हुने भन्दै केबलकारलाई अहिलेकै मोडलमा निर्माणमा रोक लगाउनुपर्ने माग गरिएको छ ।

सडक सञ्जालको प्रयोग गरी दैनिक ५ देखि २० हजारसम्म पर्यटक धौलागिरी क्षेत्रमा प्रवेश गर्ने गरेको अवस्थामा कास्कीबाटै केबलकार बनेमा पर्यटनको क्षेत्र ध्वस्त हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले बेनीअनलाइनलाई बताए । ‘एउटा कम्पनीको आम्दानीका लागि चारजिल्ला असर गर्ने परियोजना रोक्नुपर्छ,‘यसको प्रभाव मुस्ताङको कागबेनीसम्म पर्नेछ’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले पर्वत, बागलुङ र म्याग्दीलाई प्रत्यक्ष असर गरेपनि छिमेकी मुस्ताङको तल्लो क्षेत्रमा समेत असर गर्ने भएकाले तीनजिल्ला जोड्ने केबलबारको प्रक्रिया नै गलत भएको बताए ।

उनले आवश्यक परेमा कागबेनी मुक्तिनाथ वा रानिपौवा मुक्तिनाथका साथै चारवटै जिल्लाको पर्यटनमा सहज हुने विकल्पलाई मात्रै सरकारले अनुमति दिुपर्ने बताए । कास्कीबाट धवलागिरीभित्र प्रवेश गरी अन्य क्षेत्रमा जाने पर्यटकलाई समेत असर गर्ने भन्दै पर्यटन ब्यवसायीले समेत केबलकारको निर्माणकार्यलाई रोक्न माग गरेका छन् ।

सडक सञ्जालबाट मुक्तिनाथ जाने धार्मिक पर्यटकमा नेपालीपछि दोस्रो भारतीय छन् । साक राष्ट्र बाहेक पनि तेस्रो मुलुकका पर्यटक हवाई मार्ग बाहेक सडकमार्गबाटै जाने अत्याधिक भएकाले पनि चारजिल्लाको पर्यटनमा गरिएको लगानीका साथै जिल्लाको पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी ध्वस्त हुने भएकाले पनि स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिले गम्भीर बहस सुरु गर्नुपर्नेमा नीजि क्षेत्रले जोड दिएका छन् ।

६ वटा खण्डमा विभाजन गरिएको केबलकार १३ किलोमिटर लामो वीरेठाँटी–घोरेपानी खण्ड हुनेछ भने घोरेपानीदेखि तातोपानीसम्मको लम्बाई १३ किलोमिटर लामो छ । त्यसपछि लेतेसम्म १६ किलोमिटर तथा लेतेदेखि जोमसोमसम्म २४ किलोमिटर लामो यात्राको परिकल्पना गरिएको छ । यस्तै जोमसोमदेखि कागवेनीसम्म ८ किलोमिटर र कागवेनीबाट मुक्तिनाथसम्म ९ किलोमिटर दुरीको खण्ड तय गरिएको छ । मार्फा केवुलकारको ट्रान्जीटको रुपमा राखिएको भएपनि तल्लो मुस्ताङलाई समेत प्रत्यक्ष असर गर्ने देखिन्छ । ८४ किलोमिटर लामो केवुलकार ३४ अर्व लागतमा ५ बर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

वीरेठाँटीदेखि मुक्तिनाथसम्म यात्रा गर्दा नेपाली यात्रुले प्रतिब्यक्ति ६ हजार, भारतीय पर्यटकले ६ हजार भारतीय रुपैयाँ र अरु देशका नागरिकले १ सय अमेरिकी डलर भाडादरको प्रस्ताव गरिएको छ । एकैदिन मुक्तिनाथ दर्शन गरेर फर्किने भएकाले पनि पर्यटकको खर्च केबलकारको भाडा लगाएृत केही हुने भएकाले नेपाली पर्यटकलाई समेत केलबारले आर्कषित गर्ने देखिन्छ । यात्रुको सहजतासँगै चारजिल्लाकै पर्यटन क्षेत्रलाई सक्रिय बनाउन समेत केवलकारको स्टेशन सहित अन्य विकल्पमा छलफल गर्नुपर्ने पर्यटन ब्यवसायीको भनाई छ । ्

Leave a Reply