विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीमा विविध कार्यक्रम गरी मनाइएको छ । सदरमुकाम बेनीस्थीत लिटल गार्डेन एकेडेमी दिवसको अवसरमा सदरमुकाम बेनीबजारमा सरसफाई तथा डस्विन वितरण गरेको छ ।

हरेक बर्ष दिवसको अवसरमा बजारदेखि म्याग्दी र कालिगण्डकी नदीको किनारमा पुगेर सरसफाई सहित जनचेतनामुलक कार्यक्रम गदैं आएको विद्यालयले फोहोर र प्रदुषनले जनस्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले दिवसको अवसरमा विद्यार्थीकै उपस्थितीमा जनेचेतनामुलक कार्यक्रम गरिएको विद्यालयका संस्थापक बालकृष्ण सुबेदीले बताए ।

उनका अनुसार बेनीबजार सरसफाईसँगै म्याग्दी र कालिगण्डकी नदी आसपासमा फालिएको फोहोर संकलन सहित बजारमा विभिन्न स्थानमा १० वटा डस्विन समेत राखिएको थियो । दिवसको अवसरमा वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईलीले सरसफाई र सुन्दर बेनीबजार बनाउने अभियानमा रचनात्मक क्रियाकलापले सहज भएको बताएका थिए ।

सोही अवसरमा विद्यालयका प्रधानध्यापक खुमबहादुर केसी, सल्लाहकार जयराम सुबेदी लगाएतको उपस्थिती रहेको थियो। विद्यार्थीले सरसफाईसँगै ‘स्वच्छ वायू, स्वस्थ् जीवन’ सफा सडक, स्वस्थ घर, सुन्दर बनोस् बेनी नगर’ जस्ता नारा लगाएका थिए । विद्यालयले सरसफाई सहित विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ । विद्यालयभित्र हरेक दिन रचनात्मक कार्यलाई प्रोत्साहन गदैं विद्यार्थी अफ दी दे को अवार्ड समेत वितरण गर्ने गरेको छ ।

Leave a Reply