विश्व वातावरण दिवसको अवसरमा बेनी आवासीय माविले बाजागाजा सहित बेनीबजार सरसफाई गरेको छ । ‘स्वच्छ वायू, स्वस्थ जीवन’, स्वच्छ वातावरण बेनी बोर्डिङको अभिायन भन्ने नाराका साथ सरसफाईमा बजारबासीको ध्यान केन्द्रित गर्ने उदेश्यले विद्यार्थीले ब्यानर सहित बजार परिक्रममा गरेका थिए ।

‘हरेक दिन सरसफाईको दिन हुनुपर्छ,‘विद्यार्थीलाई घरबाहिरको सरसफाईमा पनि सहभागि बनाउन अभियानको सुरुवात गरेका छौ’ विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँले भने ।

उनले विद्यालयभित्र हरेक दिन सरसफाई सम्बन्धि गतिविधिमा समेत सहभागी हुने विद्यार्थीलाई दिवसमा बेनीबजार तथा आसपासका क्षेत्रमा पुगेर फोहोर संकलन तथा ब्यवस्थापनका बारेमा समेत जानकारी गराइएको बताए । दिवसको अवसरमा सञ्चालित अभियानलाई अन्य दिनमा समेत नियमित गरिने विद्यालयका प्रधानध्यापक मनोहरराज गोर्खालीले बताए ।

सरसफाई अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीको उपस्थिती रहेको थियो । विद्यालयले बार्षिक तालिका अनुसार समुदायमा आधारित क्रियाकलापमा समेत प्राथमिकता दिएको छ । पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको सहभागीताले शैक्षिक क्षेत्रमा सघाउने भन्दै समुदायमा आधारित सामाजिक, धार्मिक तथा परम्परागत गतिविधिमा समेत विद्यार्थीको सहभागीता गराइने विद्यालयले जनाएको छ । विशाल खत्री

Leave a Reply