विश्व वातावरण दिवसको अवसरमा पर्वत बेनीमा न्यू होराईजन आवासीय माविका विद्यार्थीको अगुवाईमा सरसफलाई सहित रचनात्मक कार्यक्रम गरिएको छ । ‘स्वच्छ वायू, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ पर्वत बेनीका विभिन्न टोल, सडक तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको थियो । सरसफाईको सुरुवात आफ्नै घरआगन, टोलबाट गरौं भन्ने ब्यानर सहित सरसफलाईमा निस्किएका विभिन्न संघसंस्थाका प्रतिनिधिले कलिला बालबालिकाको प्रयासमा सुरु भएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

विद्यालयको प्राङ्गनबाट सुरु भएको अभियान पर्वत बेनीका विभिन्न स्थानमा फोहोर संकलन तथा सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम गदैं मनाइएको विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले बताए । ’हामीले दिवसमा मात्रै सिमित राख्दैनौ,‘एक विद्यार्थी एक बिरुवाको अभियानमा छौ’ पौडेलले भने । विद्यालयको कक्षा कोठादेखि समुदायसम्म सरसफाई सहितका सन्देशमुलक गतिविधिमा केन्द्रित हुने गरी शैक्षिक क्यालेन्डरमा बृक्षारोपण, बनजंगलको संरक्षण लगाएतका कार्यक्रमलाई समेत प्राथमिकता दिएको बताए ।

सरसफाई अभियानमा विद्यालयको जुनियर रेडक्रस सर्कलको अगुवाईमा उद्योग वाणिज्य संघ माझफाँट उपशाखा, कालिगण्डकी आमा समुह, लायन्स क्लव अफ बेनी मल्लाज, प्रहरी चौकी बेनी पर्वत, पर्वत बेनी खानेपानी तथा सरसफाई परियोजना, उत्साही समुह, टोलसुधार समिति लगाएतका संघसंस्थाको समेत उपस्थिती रहेको थियो ।

विद्यालयले पर्वत बेनीका विभिन्न कार्यक्रमका साथै म्याग्दीको सदरमुकाम बेनीका शैक्षिक, खेलकुद सहितका कार्यक्रममा समेत उपस्थिती जनाउने गरेको छ । शैक्षिक गुणस्तरसँगै विद्यालयको अभियान सामाजिक उत्तरदाहित्वबोधका कार्यक्रम समेत रहेको छ ।

Leave a Reply