म्याग्दीका मुस्लिम समुदायले महान पर्व इद हर्षोउल्लासका साथ मनाएका छन् । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बसोबास गर्ने मुस्लिम समुदायले एक महिने ब्रतको समापनसँगै मुस्लिम समूदायले पर्वत बेनीमा रहेको मस्जिदमा भेला भई सामूहिक रुपमा विशेष नमाज पढेपछि आपसका खुशी साटासाट गर इद उल फित्र मनाएका छन् ।

म्याग्दी मुस्लिम सेवा समाजको आयोजनमा सुःख, शान्ति र समृद्धिको कामना गर्दै गरिब तथा विपन्नलाई नगद तथा जिन्सी र जोगी अर्थात मुस्लिम भाषामा फकिरलाई दान गरी पर्व मनाइएको मुस्लिम सेवा समाजका पूर्व कोषाध्यक्ष अन्जित खाँनले बताए। ‘इदगाहको अभावमा मस्जितभित्रै पर्व मनाएका छौ,‘सरकारी जग्गा उपलब्ध भए सहज हुने थियो’ उनले भने ।

इदगाह भनेको खुल्लाचौरमा प्रार्थना गर्ने स्थान हो।आफ्ना सम्पूर्ण काम छोडेर मस्जितमा जम्मा भएका मुस्लिम समुदायले अल्लाहसंग आर्शिवाद माग्दै रमजान महिना सम्पन्न गरेको समितिका अध्यक्ष रहमद खाँले बताए । ‘मुलुकको समृद्धि र आपसी भाईचाराको कामना गरिन्छ,‘मानवजातीको हितका लागि प्रार्थनाबाट भगवानलाई पुकार गर्दछौ’ खाँ ले भने ।उनले म्याग्दीमा अन्य जातजातिसँगको सहकार्य गरी मुस्लिम समुदायले विभिन्न कार्यक्रम गर्ने गरेको बताए ।

एक महिनादेखि दैनिक साढे १७ घण्टा निराहार ब्रत बस्दै दिनभरीमा पाँच पटकसम्म नमाज पढेर रोजा बस्ने गर्छन ।अरबी पात्रो अनुसार दशौं महिनाको पहिलो दिन सोमबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिने गर्दछन । यो पर्व ३ दिनसम्म विशेष रुपमा मनाउने गरिएको पनि सचिव हुसेनले बताए। एक वर्ष भित्रको वचत, तोला सुन वा तोला चाँदी भए त्यस बराबर चालू बजारको मूल्य अनुसार केही हिस्सा दान गरी सोहीलाई गरिब तथा दुखीलाई वितरण गर्ने गरिएकाले पनि मानव सभ्यतामा गरिब र दुखीलाई अन्त्य गर्ने प्रयासको रुपमा लिने गरिएको म्याग्दीका मुस्लिमका अगुवाको भनाई छ ।

नमाज पढेपछि आफूभन्दा ठूला कहाँ गई आशिर्वाद लिने र मिठामिठा खानेकुरा खाने गरिन्छ । आर्शिरवादलाई सत्कारसँग जोड्ने गरिएकाले पनि पर्वमा नमाज पढी दुवा मागिसकेपछि एक आपसलाई अंगालो हालेर शुभकामना आदानप्रदान गर्छन्।

‘राजालाई हतियार बनाउन आएका थिए मुस्लिम’
बाईसे–चौबीसे राज्यका पालामा १४ औं शताब्दीमा नुर खान र निर खानको टोली ढोल्लथानमा हतियार बनाउन आएको बताइन्छ । आधिकारिक तथ्याङ्क नभएपनि म्याग्दीमा पहिलोपटक मुस्लिम धर्मालम्बीको रुपमा प्रवेश गरेको इतिहास बाइसे–चौविसे राज्यका पाला देखिने भएको म्याग्दीमा मुस्लिम अगुवाको भनाई छ । जगन्नाथ र ढोल्थान आसपासका क्षेत्रमा नुर निर खानको टोलीले राजाका आवश्यकता अनुसारका हतियार बनाउन सघाउने तथा भारतका विभिन्न स्थानबाट हतियारका लागि आवश्यक पर्ने साम्रागी ढुवानी समेत गर्ने गरेको बताउँछन् ।

तत्कालिन समयमो कुनै दस्तावेज नभएपनि मुस्मिलले भारतमा सिकेको हतियार बनाउने सीपलाई प्रयोग गरेकै कारण लामो समयसम्म काम गर्ने अवसर पाएको उनीहरुको भनाई छ। जगन्नाथ मन्दिरभित्र समाधीस्थल बनाउने कार्यलाई मुस्लिम अगुवाको आफ्नै भनाई छ । तत्कालिन समयमा मुस्”िमल यूद्धका साम्रागी गराउन माहिर मानिन्थे । तत्कालिन समयमा राजाका लागि काम गरेका मुस्मिलका आफन्तहरू छिमेकी गाउँ अर्थात हालको बेनी नगरपालिका वडा नं ४ सिंगाको धौलागिरी माविको स्थापना तथा पूर्वाधार निर्माणमा सुरुवाती चरणमा समेत सहभागी भएको देखिन्छ । धौलागिरी माविमा तपाली मियाँको योगदानका बारेमा समुदायलाई समेत जानकारी रहेको मुस्लिम अगुवा रहमत खाँ ले बताए ।

उनले बाईसे–चौबीसे राज्यका पालामा म्याग्दीमा प्रवेश गरेका मुस्मिलहरूले योगदान गरेवापत करिव १ सय ७० बर्ष पुरानो रसिद ‘समेत रहेको बताए । तत्कालिम समयमा म्याग्दीमा आएका मुस्मिल बागलुङको बलेवा र पर्वतका नाईलिवाङ क्षेत्रमा समेत पुगेका थिए । म्याग्दीमा स्थायी रुपमा बसोबास गर्ने आउने अधिकांस घुम्ती ब्यापारबाट आएका छन् । बेनी नगरपालिका वडा नं ७ स्थायी घर भई नेपाली नागरिकता समेत लिएकाले लामो समयसम्म घुम्ती ब्यापारमै समय विताए ।

म्याग्दी जिल्लामा अस्थायी रुपमा बसोबास गर्ने मुस्मिल समुदायहरूले हिन्दुहरूसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरुमा सहभागी जनाउने उदेश्यले वि.श २०४० सालमा मुस्लिम सेवा समाज गठन गरेका थिए । म्याग्दीमा स्थायी तथा अस्थायाी रुपमा करिव १ सय ५० बर्ष अगाडी बसोबास रहेको अभिलेख छ । अहिले म्याग्दी तथा आसपासका क्षेत्रमा करिब ३० घरधुरीमा करिव २ सय ५० जना बसोबास गर्छन् । जिल्लामा मुस्मिल समुदायले आफ्ना बाहेक हिन्दु सहित विभिन्न संघसंस्थाका कार्यक्रममा समेत सहभागिता जनाउने गर्दछन् ।

महायज्ञ देखि महावीरको आविष्कार केन्द्रसम्म सहयोग
सदरमुकाम बेनीमा आयोजना हुने हिन्दुका धार्मिक कार्यक्रममा मुस्मिल समुदायले समेत आर्थिक सहयोग गरेका छन् । म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित महायज्ञमा संस्थागत रुपमा ५ हजार, महावीर पुनको आविष्कार केन्द्रमा ५ हजार, बेनी अस्पतालमा फलफुल वितरण, रक्तदान कार्यक्रममा रक्तदान तथा विभिन्न धार्मिक कार्यक्रममा समेत सहभागिता जनाउने गरेका छन् । ‘यहाँ हिन्दु समुदायसँग मिलेर बसेका छौ,‘आफ्नै धर्म छ तर पनि सहकार्य बलियो छ’ एक मुस्मिल अगुवाले भने । विभिन्न सामाजिक तथा मानविय सेवामा मुस्मिल समुदायलाई सहयोग प्राप्त भएको बताए ।

समाधीस्थल ब्यवस्थापनमा केही समस्या देखिएपनि अन्तत सहकार्यबाटै ठाउँको पहिचान भएको भन्दै हिन्दु धर्मसँगको सहकार्यले मानवजातीको बलियो सम्बन्ध स्थापित गरेको मुस्मिल समुदायको भनाई छ । समाजमार्फत म्याग्दीको सदरमुकाम बेनी सहित पर्वत बेनीमा समेत कार्यक्रम गरिने गरिएको बताउँदै समाजले चाडपर्व बाहेक अन्य समयमा समुदायका गतिविधिमा सक्रिय हुने निर्णय समेत गरेको अगुवाहरुको भनाई छ । File photo/Google

Leave a Reply