मुक्तिनाथ कोरल्ला नाकको भ्रमणको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको टोलीले अवलोकन अनुगमन गरेका छन। सभाका अध्यक्ष तिमिल्सिना सहित मुस्ताङ्गका सांसद प्रेम तुलाचन प्रदेश सांसद, ईन्द्र विष्ट गुरूङ लगायत मुस्ताङका जनप्रतिनिधि र नेपाल सरकारका जिम्मेवार व्यक्तित्वहरूले नाकाको अवलोकन अनुगमन गरेको नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिएका छन ।

नाकाको अवलोकनको क्रममा नाका सञ्चालन, मालढुङा बेनी कोरल्ला सडक निर्माणमा ढिलाई र पर्यटन प्रवर्द्धनको विषयमा नयाँपुल देखि मुक्तिनाथ सम्म बनाउने भनिएको केवलकारको औचित्य र त्यसले धौलागिरी अञ्चलका ४ वटा जिल्लालाई पार्ने असरका बारेमा छलफल समेत गरिएको श्रेष्ठले जानकारी दिए।

छलफल पछि गौरवको योजना बेनी जोमसोम सडक कालिगण्डकी करिडोर संगै नाका संञ्चालनको विषयमा सभाका अध्यक्ष तिमिल्सिनाले सम्बन्धित आयोजन र वियषगत कार्यालयलाई विशेष निर्देशन दिएका छन। नाका संचालनको लागि आर्थिक वर्षमा भन्सार कार्यालय निर्माण गर्नेको लागि बजेट समेत छुट्याईएको छ ।

Leave a Reply