वीरेठाँटी–मुक्तिनाथ केबलकारले प्रभावित क्षेत्र उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई वातावरण्ीय प्रभाव मुल्याङ्कन तथा डिपिआरका आवश्यक अनुमति सहित सहयोगको राय पठाएको थियो । एक्याप ब्यवस्थापन समितिमार्फत गाउँपालिकालाई पठाइएको पत्रमा आवश्यक सहयोग सहित राय माग गरिएपनि गाउँपालिकाले कार्यपालिकाको बैठकबाटै जवाफ दिने तयारी गरिरहेको अवस्थामा हवाईमार्गबाट अस्टे«लियन उपकरण जडान गरी सर्वेको काम सुरु गरेको छ ।

‘उहाँहरुले गाउँपालिकामा सिधै आएर छलफल गर्नुपर्छ,‘एक्यापका स्थानीय ब्यवस्थापन समितिलाई प्रयोग गरी पत्र पठाउनु नै गलत हो’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर पुनले बेनीअनलाइनलाई भने । उनले म्याग्दीको पर्यटनमा असर गर्ने गरी गाउँपालिकाले डिपिआर र वातावरणीय प्रभाव मुल्याङ्क सहितका कुनैपनि काममा सहयोग नगर्ने बताए । ‘एउटा कम्पनीको हितमा सिंगो गाउँपालिकाले आफ्नो अधिकार दुरुपयोग गदैंन्,‘एक्यापलाई दिर्घकालिन महत्व राख्ने योजनाहरूमा पत्र बोक्ने हुलाकी नबन्न सचेत बनाएको छु’ पुनले भने ।

उनले म्याग्दीसँगै मुस्ताङ र धौलागिरीभित्रका अन्य जिल्ला समेत यो परियोजनामा सकारात्मक नभएकाले अगाडी बढ्ने सम्भावना न्यून भएको बताए । सडक सञ्जाल हुदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई कास्कीबाटै केबलकारमार्फत सिधै मुक्तिनाथ पु¥याउने योजनाले चारवटै जिल्लाको पर्यटन तथा आर्थिक गतिविधि तहसनहसको सम्भावना भएकाले पनि वृहत छलफल गर्नुपर्ने बताए ।

लुकिछिपी प्रभावित क्षेत्रमा काम गरेमा तत्काल अवरोध गर्ने संकेत वडाका जनप्रतिनिधिले समेत दिएका छन् । सडक सञ्जालको प्रयोग गरी दैनिक ५ देखि २० हजारसम्म पर्यटक धौलागिरी क्षेत्रमा प्रवेश गर्ने गरेको अवस्थामा कास्कीबाटै केबलकार बनेमा पर्यटनको क्षेत्र ध्वस्त हुने भन्दै मुस्ताङका स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिले समेत विरोध जनाएकाले चारजिल्लाकै सर्घष समिति बन्न सक्ने सम्भावना छ ।

६ वटा खण्डमा विभाजन गरिएको केबलकार १३ किलोमिटर लामो वीरेठाँटी–घोरेपानी खण्ड हुनेछ भने घोरेपानीदेखि तातोपानीसम्मको लम्बाई १३ किलोमिटर लामो छ । त्यसपछि लेतेसम्म १६ किलोमिटर तथा लेतेदेखि जोमसोमसम्म २४ किलोमिटर लामो यात्राको परिकल्पना गरिएको छ । यस्तै जोमसोमदेखि कागवेनीसम्म ८ किलोमिटर र कागवेनीबाट मुक्तिनाथसम्म ९ किलोमिटर दुरीको खण्ड तय गरिएको छ । ८४ किलोमिटर लामो केवुलकार ३४ अर्व लागतमा ५ बर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

Leave a Reply