धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्ने क्रममा सुख्खा पहिरो खस्दा मुदीका एक यूवा बेपत्ता भएका छन् । सडक विस्तारको क्रममा मुदीका ३१ ब र्षिय पुन बेपत्ता भएका हुन् । पुन उपभोक्ता समितिमा समेत आवद्ध रहेको बताइएको छ ।

मुदीतर्फ सडकको ट्याक खोल्ने काम तीव्ररुपमा अगाडी बढिरहेको अवस्थामा एक्कासी सुख्खा पहिरो आएपछि स्काभेटरमामा समेत क्षती पुगेको छ । चालकदलका सदस्यले ज्यान जोगाएपनि नजिकै रहेका पुन सम्पर्क विहिन भएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । उनका अनुसार घटनाका बारेमा थप जानकारी लिने प्रयास भइरहेको छ ।स्काभेटरका चालकले समेत बेपत्ता भएका पुन सुख्खा पहिरो जाँदा आसपासकै क्षेत्रमा भएको प्रहरीलाई बताएका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक्षक बलराम पौडेलको नेतृत्वमा ७ जनाको टोली पुगेको छ । गाउँपालिकाको गौरवको योजना रहेको सडक विस्तारको क्रममा पटकपटक भीरबाट ढुंगा खस्दा जोखिम मोलेर विस्तार गर्ने कार्य भइरहेको थियो । सडक निर्माण भएपछि मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङलगायत बस्तीका करिब एक हजार घरधुरी लाभान्वित हुने भएका छन् ।

Leave a Reply