भकिम्लीका एक यूवा जंगलमा मृत अवस्थामा भेटिएका छन् । बेनी नगरपालिका वडा नं ३ भकिम्लीका १६ बर्षिय गिरेन्द्र पुन बुधबार विहाना खाना खाएर घरबाट निस्किएका थिए । बुधबार साँझ घर नफर्किएपछि खोजीकार्य गर्दा च्याङधारामा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

मृतक पुनको पोष्टमार्टम गरेपछि अन्त्येष्टी गरिएको छ । मृतक पुन विगतमा समेत घरबाट आफन्त तथा साथीकोमा गएर केहीदिनमा फर्किने गरेका थिए । मृतक पुन मानसिक समस्याका कारण औषधी समेत सेवन गर्ने गरेको स्थानीयल बताए । चारबर्ष यता भकिम्लीका २० बर्ष उमेर मुनीका तीनजनाले आत्महत्या गरेका छन् । घरायसी, आर्थिक तथा मानसिक समस्याका कारण आत्महत्या गरेको स्थानीयको भनाई छ ।

Leave a Reply