अत्याधिक सेवासुविधा विनियोजनको समाचारका प्रकाशित भएपछि आक्रोशित भइरहेका बेनी नगरपालिकाका जनप्रतिनिधिहरूले थप एक स्कार्पियो खरिद गरेका छन्। नगरपालिका भित्र रहेको रहेको सवासीसाधन कन्डिसनमै चेलेको अवस्थामा आर्थिक बर्षको अन्त्यमा जनप्रतिनिधिले अनुगमन सहित नियमित कार्यक्रममा पुरानो सवारीसाधनले अपुग भएको भन्दै भ्याट सहित ५५ लाखको ९५ हजारको स्कोफियो खरिद गरेको स्टोर शाखाका कृष्ण शाक्यले बताए।

‘आवश्यकता अनुसार सवारी खरिद गरिएको हो,‘वडामा मोटरसाईकल खरिद गर्ने योजना पनि छ’ शाक्यले भने । उनका अनुसार नगरपालिका भित्र वडा नं ३ र १० बाहेक अन्य वडामा सवारीसाधन हुदाँ कार्यसम्पादनमा समस्या देखिएकाले वडा कार्यालयको प्रयोजनका लागि मोटरसाईकल खरिद गर्ने योजना भएपनि हालसम्म खरिद नगरिएको बताए।

नयाँ स्कोफियो खरिद बाहेक पनि अन्य स्कोफियामा आवश्यक पर्ने मेसिनरी सामान खरिद गर्न करिव ५ लाख खर्च हुने अनुमान गरिएको छ । नयाँ सवारीसाधन खरिद गर्नुपर्ने विषयमा कार्यपालिका भित्र कुनै विवाद समेत नभएको स्रोतको भनाई छ ।‘नगरपालिकाको गतिलाई एउटैले ठेग्न सक्छ भएपनि नयाँ सवारीसाधन खरिद गरिएकाले इन्धन र मर्मतमा आगामी बर्ष थप भार पर्ने देखिन्छ ।

चालु आवमा जनप्रतिनिधिलाई पोशाक भत्ता समेत विनियोजन सहित नगरपालिकाको आन्तरिक आम्दानीभन्दा ठूलो खर्च सुविधामै विनियोजन गरेको समाचार प्रकाशित लगत्तै नगरबासीबाटै तिब्र विरोध भइरहेको अवस्थामा गाडी खरिदलाई प्राथमिकता दिएपछि नगरबासी आश्चर्यमा परेका छन् । जनताको काम र कार्यालय प्रयोजनमा मात्र गाडी प्रयोग हुने दावी गर्ने गरेका बेनी नगरका जनप्रतिनिधिले विगतमा समेत ब्यक्तिगत प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिएको गुनासो आउने गरेको थियो ।

नगरपालिका भित्रका कर्मचारीलाई अनुगमन तथा कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने मोटरसाईकल समेत प्रयाप्त छैनन् भने वडाभित्र समेत केही वडा अध्यक्षले ब्यक्तिगत सवारीसाधन प्रयोग गरेपनि इन्धन सुविधा लिने गरेका छन् ।
सेवासुविधाका बारेमा समाचार आउँदा आक्रोशित हुदै पत्रकार सम्मेलन समेत गर्ने जनप्रतिनिधिहरू आफ्नै सहमतिमा सवारीसाधन खरिद गर्दा भने मौन छन् ।

नगरपालिकाक कार्यक्रममा समेत भाडामा समेत सवारीसाधन लिने गरिन्छ । चालु आवमा नगरपालिकाले थप सवारीसाधन खरिदमा ७७ लाख विनियोजन गरेपनि स्कार्पिया सहित थप मोटरसाईकल खरिद गरेमा करिव १ करोडको हाराहारीमा खर्च हुने देखिन्छ । दुईवटा सवारीसाधनसँगै चालक तथा अन्य खर्चले आगामी बजेटमा फजुल खर्च बढ्ने देखिन्छ । स्कार्पिया खदिरका बारेमा नगरपालिकाका जनप्रतिनिधि मौन छन् । तस्वीरमा देखिएको सवारीसाधन पुरानो हो ।

Leave a Reply