राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले शनिबार सदरमुकाम बेनीमा आमसभाको आयोजना गर्ने भएको छ । हिन्दू राष्ट्र पुर्नस्थापना सहित हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि राप्रपाले सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत भोली शनिबार म्याग्दीको सदरमुकाम बेनीस्थीत आवारोडमा आमसभाको आयोजना गरिएको राप्रपा म्याग्दीका अध्यक्ष बीरबहादुर थापाले बताए ।

‘हिन्दू राष्ट्र पुनस्र्थापना निर्णायक र अविछिन्न जनसंघर्षले राम्रो प्रभाव पारेको छ,‘म्याग्दीबासीलाई हिन्दुराज्य स्थापनाको अभियानमा सहभागी हुन अपिल गर्दछौ’ थापाले बेनीअनलाइनलाई भने । उनले जनसंघर्षबाटै संविधान संशोधनमार्फत धर्म निरपेक्ष हटाउन सरकारलाई दवाव दिने बताए । राप्रपाका केन्द्रिय उपाध्यक्ष भीमप्रसाद गौचनले आन्दोलनमार्फत हिन्दुराज्य बनाउने बताउँदै म्याग्दी जिल्लामा संगठन पुननिर्माण सहितका अभिायनलाई प्राथमिकता दिने बताए ।

संविधानमा लेखिए पनि नलेखिए पनि नेपाल हिन्दू राष्ट्र नै रहेको भन्दै जनताको चाहना नहुँदानहुँदै स्वार्थी राजनीतिको कारण विदेशीको इशारामा हिन्दू राज्य हटाएको बताउँदै म्याग्दीमा आमसभा सहित सिंगा तातोपानी कुण्डको भ्रमण, गलेश्वर मन्दिरमा शुक्रबार साँझ सन्ध्याकालिन आरती सहित धार्मिक कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको राप्रपा गण्डकी प्रदेश सहसचिव विनोद भट्टचनले बताए । उनका अनुसार आमसभासँगै पार्टीका हरेक स्थानीय तहलाई केन्द्रित गरेर पार्टीका गतिविधि सञ्चालन गर्ने बताए।

Leave a Reply