बाटोमा हिडिरहेको अवस्थामा विद्युतको पोलबाट तार चुडिएर अनाचक विद्युत प्रवाह हुदाँ करेन्ट लागे शरीर जलेकी एक महिलाको उपचारमा आर्थिक समस्या देखिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नं ५ देविस्थानकी दुर्गादेवी रोका मगर जलेर गम्भीर घाईते भएकी छन् । पैदलयात्राको क्रममा एक्कासी ताल शरीरमा खसेपछि प्रवाह भएको विद्युतका कारण रोकाको शरीरका अधिकांस भाग जलेको थियो ।

गम्भीर अवस्थामा उद्धार गरिएकी रोका मगरलाई प्राथमिक उपचारपछि मणिपाल अस्पताल पोखारमा १९ दिनसम्म उपचार गरी थप उपचारका लागि किर्तिपुर दगचन अस्पतालमा उपचार भइरहको आफन्तले बताएका छन् । ‘छोराछोरीको लागि पनि बाँच्नुपर्छ,‘श्रीमानले दोस्रो विवाह गरेर अलपत्र छोडेर गएका छन्, मेरो पनि बाचिन भने बर्बाद हुन्छ’ अस्पतालको सैयाबाट उनले रोकाले भनिन् ।

रोकाका श्रीमानले ४ बर्ष अगाडी दोस्रो विवाह गरेर बागलुङ्गमा बस्ने गरेका थिए । रोकाको २ छोरा र ३ छोरी छन् । आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि स्थानीय र आफन्तले सहयोगको याचना गरेका छन् ।आर्थिक अभावकै कारण उपचारमा देखिएको समस्यालाई मध्यनजर गरी सहयोग संकलन गरिरहेको भरत रानाले बताए । उनका अनुसार उपचारको क्रममा एउटा खुट्टा काटेर फालिएको छ ।

Leave a Reply