गण्डकी प्रदेशले शुक्रबार ३ बजे आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरलाई नीति तथा हस्तान्तरण गरेपछि कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अधिकांश कार्यक्रमहरू गत वर्षकै नीति तथा कार्यक्रममा समेटिएको र अहिले पनि त्यसैलाई निरन्तरता दिएको पाइएको छ। पर्यटन, कृषि, सहकारी तथा युवा रोजरगारको राम्रो नारा दिइएको नीति तथा कार्यक्रमले यस वर्ष नतिजा दिने विश्वास प्रदेश सरकारको छ।

नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कार्यक्रम राम्रो भए पनि कार्यान्वयन हुनेमा शंका रहेको बताए। ‘गतवर्ष पनि यस्तै राम्रो नीति तथा कार्यक्रमहरू थिए’, उनले भने, ‘यस वर्ष पनि धेरै जसो तिनै कार्यक्रमहरू रहेका छन्। खै के भयो यो एक वर्षमा?’ त्यस्तै नयाँ शक्तिका सांसद हरिशरण आचार्यले नीति तथा कार्यक्रम सुन्दर छ। तर आधार वर्षमा प्राप्त गरेका उन्नतिका कुरा हेर्दा नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका ब्यक्त गरे।

https://drive.google.com/file/d/11Ts1uVt5cf2zMjqQkVxiCwdHf1eQcOOI/view

Leave a Reply