शिक्षा शाखाका कर्मचारी ब्यवस्थापनको विषयमा मेयर र कार्यपालिका सदस्य बीच विवाद चर्किएपछि नगरकार्यापालिका दुईवटा समिति हेरफेरको विषयले थप विवाद चर्किएको छ । मेयर हरिकुमार श्रेष्ठले कार्यसम्पदानमा प्रश्न उठाउँदै आर्थिक विकास समितिको संयोजकबाट वडा नं ६ नम्बरका वडा अध्यक्ष कृष्णबहादुर बानियाँलाई हटाएर कार्यापालिका सदस्य एवम् बेनपा ९ का दलित सदस्य गोरी दर्जीलाई मनोनयन गरेका थिए ।

मनोनयन गरेलगत्तै पत्र बुझेकी दर्जीले नगरसभा र कार्यापालिकाको छलफलबाट प्राप्त जिम्मेवारीलाई आफूले लिने तर विवादित अवस्थामा तोकिएको जिम्मेबारी नलिने भन्दै शुक्रबार मनोनित पद स्वीकार नगर्ने भन्दै मेयर श्रेष्ठलाई सम्बोधन गरी जिम्मेबारी अस्वीकार गरेकी छन् । दर्जीले स्वच्छाचारी ढङगले एकलौटी रुपमा विगतमा रहेका संयोजकलाई कार्यसम्पादनको उपयुक्त विश्लेषण र छलफल नगरी मनोगत रुपमा तोकिएको हुँदा उक्त पद अस्विकार गरेको पत्रमा उल्लेख छ ।

कर्मचारी विवादका कारण मेयर र कार्यपालिकाका सदस्य बीच बोलचाल नै बन्द भएपछि मेयर श्रेष्ठले सामाजिक विकासमा समितिको संयोजकमा वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द पौडेललाई हटाएर कार्यापालिका सदस्य झलप्रसाद गौचनलाई समेत नियुक्ति गरेका थिए । यता मेयर श्रेष्ठले जिम्मेबारी लिने पत्र बुझ्ने क्रममा आफुँले कार्यसम्पादनका बारेमा लिएको जानकारीमा दर्जीले जिम्मेबारी पुरा गर्ने प्रतिबद्धता जनाएर पत्र बुझेको बताउँदै पद अस्वीकार गरेको खवर सञ्चारमाध्यमबाट जानकारी पाएको बताए ।

‘वडा अध्यक्षहरूको काम धेरै भएकाले समितिमा कम जिम्मेबारी महसुस गरेकालाई अवसर दिएको हो,‘जिम्मेबारी फिर्ता गरे तत्कललाई आफैले बहन गर्ने छु’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले दलित जनप्रतिनिधिलाई दिएको जिम्मेबारी फिर्ताको आधिकारिका जानकारी आफुलाई नआएको बताए । जिम्मेबारीमुक्त र जिम्मेबारी नलिने सम्मका कार्यले नगरपलिका भित्र कार्यसम्पादनमा थप जटिलता आउने निश्चित छ ।

Leave a Reply