सुटिङकी श्रेया केसी वर्ष चर्चित खेलाडी घोषित

चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड–२०७५ मा सुटिङकी श्रेया केसी वर्ष चर्चित खेलाडी घोषित भएकी छन् । बागलुङ स्थायी घरभई हाल म्याग्दीको बेनी नगरपालिका वडा नं ९ गलेश्वरमा बस्ने केसी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा सभागृहमा भएको समारोहमा एसएमएस भोटिङ आधारमा उनले सर्वाधिक मत प्राप्त गर्दै २५ हजारसहित वर्ष चर्चित खेलाडी बन्न सफल भएकी हुन् ।

चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ को सूचीमा रहेका अन्य प्रतिस्पर्धीलाई केसीले अत्याधिक भोटिङका कारण सहजै अवार्ड जितेको उनका दाजु एवम् यातायात ब्यवसायी मोहन केसीले बेनीअनलाइनलाई बताए । केसी गण्डकी प्रदेशकी उत्कृष्ट सुटिङ खेलाडी समेत हुन् ।

‘यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछु,‘प्रस्तिपर्धामा विजय घोषणाले खेलमा थप हौसला मिल्ने छ’ केसीले भने । विजेता केसीसंगै ९ जना खेलाडीहरुले उक्त विधामा प्रस्तिपर्धा गरेका थिए । उनले राष्ट्रियस्तरका खेलमा पदक सहित आफ्नै रेकर्ड समेत तोड्न सफल भएकी छन् । लामो समयदखि म्याग्दीमै बस्दै आएकी केसीले २०६५ सालमा १० मिटर एयर पेस्तोल सुटिङमा पाँचौ खेलकुद प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिईन् ।

त्यस्तै राष्ट्रिय खुल्ला पुरुष तथा महिला सुटिङ २०६९मा रजत पदक, लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप २०७० मा राष्ट्रिय रेकर्ड कायम गदैं बर्ष महिला खेलाडी घोषित,महिला राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक र आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट महिला तर्फ १० मि सुटिङमा प्रथम भएकी थिईन भने समुहमा द्धितिय स्थान हात पारेको खेलाडी केसीले जनाकारी दिईन् ।

‘सुटिङ खेलबाटै नेपाललाई चिनाउने लक्ष्य छ,‘अन्तराष्ट्रियस्तरका खेलमा स्वर्णपदकको लक्ष्य नै प्रमुख हुन्छ’ केसीले भनिन् । हाल साक राष्ट्रस्तरीय खेलकुदको तयारीमा ब्यस्त रहेकी केसीले सम्मानले थप खेलमा उर्जा तथा जिम्मेबारी थपिने बताईन् । प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता चित्रबहादुर गुरुङलाई सम्मान गर्दै यसप्रकारका कार्यक्रमले खेल र खेलाडीको विकासमा सघाउ पुग्ने बताए ।

त्यस्तै सामाजिक विकास मन्त्री नरदेवी पुन, कृष्ण थापा, सांसद मीना गुरुङ, राजीव पहारी, दीपक कोइराला, मोहन रेग्मी, मित्रकुमारी गुरुङ, बतास ब्रदर्श प्रालिका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट, प्रबन्धक सन्तोष पोखरेल, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, छनोट समिति संयोजक एवं मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा द लुक्स फेसन होमले आयोजना गरेको पाँचौ मिस सी क्वीनका प्रतियोगीले ¥याम्प प्रस्तुत गरेका थिए भने फूल कन्ट्याक्ट कराँते र केन्दो खेलको डेमो देखाइएको थियो । हिमाली सांस्कृतिक परिवारले नृत्य प्रस्तुत ग¥यो ।मञ्च अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राजाराम पौडेल र धन्यवाद ज्ञापन उपाध्यक्ष रञ्जन अधिकारीले गरेका थिए ।