राष्टिय प्रजातन्त्र पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शनिवार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित आमसभा । राष्टिय स्वाभिमान यात्राको उद्धेश्य संविधानमा हिन्दू राष्ट लेखाउनु मात्र नभई राजा (पूर्व राजा) देखि विप्लव समूह समेत अटाउन सक्ने व्यवस्था स्थापित गर्ने वातावरण बनाउने राप्रपाका अध्यक्ष कमल थापाको भनाई छ ।

राजतन्त्र र हिन्दू धर्म पुनस्थापना गरी वर्तमान सरकार पूर्ण रुपमा सर्वसत्तावादी अवस्थाको अन्त्य गर्ने भन्दै राप्रपाले अभियानको सुरुवात गरेको छ । सदरमुकाम बेनीस्थती आवारोडमा आमसभा सुरू भएको छ । आमसभाको अध्यक्षमा राप्रपा म्याग्दीका अध्यक्ष बीरबहादुर थापा, स्वागत सहसचिव एवम् बेनी नगरपालिकाका उपमेयर सञ्जु थापा र सञ्चालन सचिव हरिप्रसाद पौडेलले गरेका छन् । सभामा म्याग्दीका साथै छिमेकी जिल्लाका राप्रपाका कार्यकर्ताको उपस्थिती रहेको छ ।

Leave a Reply