न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसारको शुक्रवारीय कार्यक्रम अन्र्तगत कक्षा ६ का छात्राहरुलाई र कक्षा ९ सम्मका नवआगन्तुक छात्राहरुलाई रजस्वला शिक्षा प्रदान गर्नुका साथै सरसफाई र सुरक्षा कसरी अपनाउने भन्ने जानकारी सहित घरेलु स्वस्थ सेनेटरी प्याड बनाउन सिकाईएको थियो ।

उक्त रजस्वला शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण कार्यशालामा करिव ६० किशोरावस्थाउन्मुख र नवआगन्तुक छात्राहरुको सहभागीता रहेको थियो । उक्त शिक्षा तथा कार्यशालामा विद्यालयका अनमी झकमाया सेरपुञ्जा, दक्ष स्वास्थ्यकर्मीबाट घरेलु सेनेटरी प्याड निर्माण तालिम लिनुभएका शिक्षकद्वय देवी जिसी र  आशा रोकाले प्रशिक्षण दिनुभएको थियो भने विद्यालयका भाइस प्रिन्सिपल तथा अतिरिक्त विभाग संयोजक श्री सरोज लकान्द्रीले रजस्वला चक्र, प्रजनन प्रणाली र स्वास्थ्यसम्वन्धि सन्देशमुलक श्रव्यदृश्य सामग्री संकलन गरी प्रशारण गर्नुभएको थियो ।

बजारमा पाईने तयारी सेनेटरी प्याडको महत्व भएता पनि त्यसमा रसायनको प्रयोगका कारण केही अवगुण हुने, भिजेको थाहा नपाइने हुने संक्रमणको सम्भावना रहने, एकपटकमात्र प्रयोग गर्न मिल्ने हुदाँ केही महँगो भएको र त्यसको साटोमा घरेलु सेनेटरी प्याड रसायनमुक्त हुने, धोएर घाम सुकाएर फेरी फेरी गरी तीन वर्षसम्म प्रयोग गर्न सकिने र भिजेको तुरुन्त थाहा पाई समयमै फेर्न पाइने हुँदा उचित तरिकाले बनाइएको घरेलु सेनेटरी प्याड स्वस्थकर र सस्तो भएकाले उक्त कार्यशाला सञ्चालन गरिएको प्रशिक्षणमा संलग्न शिक्षकहरुले बताउनु भएको थियो ।

Leave a Reply