न्यु वेष्ट पोइन्ट आवासीय माविमा एक शिक्षकले विद्यार्थीहरुलाई ध्यान गराउन थालेका छन् । ध्यान गराउँदा विद्यार्थीको सोचाइ र एकाग्रतामा राम्रो प्रभाव पर्ने भएकोले उनले यसो गरेको बताउँदछन् । ्उनले भने “जव कक्षमा प्रवेश गर्यो विद्यार्थीको अनुहार हेर्दा कहीं न कतै उदाश वा चिन्तित वा ध्यान कतै हराए जस्तो देखिने गर्दछ” “जसले गर्दा उनीहरुलाई एकाग्र हुन समस्या परिरहेको हुन्छ” त्यसैले यसरि ध्यान गर्दा उनीहरुलाई बडो आनन्द महसुस भएको विद्यार्थीले बताउछन। कक्षामा बढीमा ८ मिनेट सम्मको श्रब्य सामग्री बनाएर उनले यस्तो गर्ने गरेका छन् ।

कक्षा ९ मा जनसंख्या तथा बाताबरण शिक्षा पढाउने शिक्षक कृष्ण जिसीले आफैले अडियो सामाग्री तयार गरि कक्षामा नै सो ध्यान गराउने गर्दछन । हप्ताको एक पटक फरक फरक तरिकाले उनले ध्यान (मेडिटेसन) गराउंदा विद्यार्थीहरुको मानसीक अवस्था धेरै फरक र बदलिएको छ उनले भने ।

सामाजीक अवस्था खानपान पारिबारिक अवस्था आदिका कारण आजकल सानै उमेरमा धेरै बालबालिका डिप्रेसनको सिकार हुदै आएका छन् । कतिपय स्कुले विद्यार्थीहरु त आत्मदाह समेत गरेका घटना आउने गर्दछन । त्यसैले उनीहरुको मानसिक अबस्थालाई शान्त बनाउन सकियो भने सिकाइ र अन्य क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्न सक्दछ ।

उनीहरुलाई हप्तामा एक पटक यसरि ध्यान गराउंदा शान्त र दिमागलाई स्थिर बनाउन मद्दत पुग्ने भएकोले उनले यसो गरेको बताएका छन् । विद्यालयमा विद्ययार्थिलाई संस्कार युक्त शिक्षा दिनु पर्दछ कक्षाकोठा र किताव मात्रै हैन सिकाइलाई धेरै तरिकाबाट प्रभावकारी बनाउनु पर्दछ भन्ने कुरामा आफु अभ्यासरत रहेको बताउदछन ।

Leave a Reply