नेपाली काँग्रेस म्याग्दीको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ। जिल्लाका सबै स्थानीय तहका वडास्तर पुग्ने गरी गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार सदरमुकाम बेनीस्थीत पार्टी कार्यालयमा समीक्षा गदैं समापन भएको हो ।

समापन कार्यक्रममा कांग्रेसका केन्द्रिय प्रतिनिधि शुक्रराज शर्माले म्याग्दी जिल्लामा कांग्रेसको जागरण अभियानले पार्टीका स्थानीयस्तरका नेता, कार्यकर्तालाई पार्टीगत अभियानमा सक्रिय बनाउन सहज भएको बताए । प्रदेश तथा संघको निर्वाचनमा पार्टी पराजित भएपछि निराश कार्यकर्तालाई पार्टीका अभियानमार्फत जोड्न पहिलोचरणको कार्यक्रम सफल भएको उनले बताए । उनले पहिलो चरणमा देखिएको समस्या र स्थानीय नेताकार्यकर्ताको आवश्यकतालाई मध्यनजर गरी दोस्रो चरणको कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाए ।

सोही अवसरमा निर्वतमान सभापति एवम् पुर्व सांसद रेशम बहादुर बानियाँले गएको निर्वाचनमा गणितिय हिसाबमा पराजित भए पनि नेपाल काँग्रेस शान्ति, विकास र समृद्धिको मुद्धामा कमजोर नबनेको बताए। म्याग्दीमा हरेक वडास्तरमा थप कार्यक्रम सहित जनताको मन जित्ने गरी पुग्ने बताउँदै जागरण अभियानले कार्यकर्तामा थपिएको उत्साहलाई निराश हुन नदिने बताए ।

म्याग्दीका ६ वटै स्थानीय तहका ४५ वडाको २० वटा समुह बनाएर टोलस्तर सम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवार सँग भेटघाट र सुझाव सङ्कलन गरी समिक्षाको अवसरमा टोली नेताले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रममा बोल्दै पार्टी सभापति खम्बीर गर्बुजाले म्याग्दीका कांग्रेसका कार्यकर्तालाई केन्द्रिय अभियान बाहेक पनि घरदैलोमा पुगेर जनचेतनामुलक कार्यक्रम सहित अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।  प्रतिवेदन प्रस्तुत गर्ने क्रममा टोली नेताले पार्टीको कमजोर वडाहरु पहिचान गरी थप कार्यक्रमको सुझाव दिएका थिए ।

यसैबीच समिक्षा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । रघुगंगा गाउँपालिका–२ भगवती हाल पोखरा बस्ने धनबहादुर खत्री, रघुगंगा– २ का शान्तबहादुर भण्डारी, सुधा परियार, रघुगंगा– ३ का शान्तबहादुर परियार, कोपिला परियार, अन्नपूर्ण गाउँपालिका ६ की मनकुमारी पाईजा लालमायाँ पाईजा र बेनपा ८ का तमन पुनलाई पार्टी प्रवेश गराइएको थियो । समिक्षा कार्यक्रमको अध्यक्ष सभापति गर्बुजा, स्वागत उपसभापति माधवप्रसाद रेग्मी र सञ्चालन सचिव मिन बहादुर कार्कीले गरेका थिए ।

Leave a Reply