नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगला गाउँपालिका ५ टिकावाङमा शनिबार टोल संगठन कमिटि गठन भएको छ । डिलबहादुर थापाको अध्यक्षतामा शेरबहादुर थापा उपाध्यक्ष, याम छन्त्याल सचिव र भावना बुढाथोकी सहसचिव रहनुभएको १७ सदस्यीय टोल कमिटि गठन भएको हो ।

वडा कमिटिका अध्यक्ष चिरञ्जिवी शर्माको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यता, जितबहादुर किसानको सञ्चालन र वडा कमिटि सदस्इ भिमनाथ आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करन कडेल र याम थापाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply