म्याग्दीमा एक दिनमा कतिपटक विद्युत कटौती हुन्छ ? यो प्रश्नको जवाफको सहजै एउटै जवाफ आउँछ २५–३० पटकसम्म । सदरमुकाम बेनीबजारमा शनिबार साँझ दुईघण्टाको बीचमा १० पटक विद्युत कतौटी भयो । हरेक दिन अघोषित बिद्युत कटौतीका कारण सदरमुकाम बेनीदेखि दुर्गम क्षेत्रका म्याग्देलीले सास्ती खेप्नुपरेको छ । दैनिकजसो विना सूचना विद्यतु कटौतीले सर्वसाधारण आजित भएका छन् ।

ग्रामिण क्षेत्रमा विद्युत आउँदा खुसीयाली मनाउनुपर्ने अवस्था रहेको छ भने बजारक्षेत्रमा छिनछिनमा विद्युत कटौती हुदाँ साना तथा ठुलो उद्योगका साथै सञ्चागृह, बैंक तथा वित्तिय संस्थाको काम नै प्रभावित हुने गरेको छ । बिना सूचना दैनिकजसो बिद्युत कटौतीका कारण उद्योगधन्दा चौपट हुनुका साथै विद्युतको प्रयोग गरी हुने हरेक गतिविधिमा ठूलो असर गरेको छ ।

‘म्याग्दीलाई अघोषित रुपमा धेरै विद्युत कटौती हुनेृ जिल्ला घोषणा गरौं,‘यहाँ ब्यवसायबाट विस्थापित हुनुपर्ने अवस्थालाई जिल्लाबासीले उत्सवको रुपमा मनाउनुपर्छ’ आक्रोश पोख्दै यूवा ब्यवसायी भिम शर्माले बेनीअनलाइनलाई भने । राजनीतिक तथा नीजि क्षेत्रबाट समेत विद्युत कटौतीका बारेमा अहिलेसम्म गरेका कुनैपनि आन्दोलनले प्राधिकरणलाई छुन नसकेको भन्दै ब्यवसायी आक्रोशित भएका छन् ।

‘ज्ञापनपत्र बुझाएर मात्रै समस्याको समाधान हुने देखिएन्,‘कडा आन्दोलनबाट प्राधिकरणको टोलीलाई नै म्याग्दी आउने दवाव दिनुपर्छ’ एक ब्यवसायीले भने। पर्वतको मोदी सवस्टेशनबाट विद्युत् आपूर्ति अनियमितताका कारण म्याग्दीमा दैनिकजसो हुने विद्युत कटौतीले ब्यापार ब्यवसायमा लाखौं क्षती भएपनि डेढदशक देखि म्याग्दीबासीले अनियमित विद्युतको समस्या झेल्नुपरेको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।

बागलुङ र पर्वतमा मर्मत गर्दा समेत म्याग्दीमा हुने अघोषित लोडशेडिङलाई अन्त्य गर्न राजनीतिक तथा अन्य संघसंस्थामार्फत दवाव दिनुपर्ने बताए ।यता बेनी वितरण केन्द्रका नेत्रमणि न्यौपानेले मोदीबाट म्याग्दी र बागलुङ जोड्ने ट्रान्समिसन लाईन सिस्टममा समस्या देखिदाँ म्याग्दीले बिनाकारण समस्या खेप्नुपरेको बताए । यसैबीच जिल्लाको उत्तरी क्षेत्रमा नियमित विद्युत आपूर्ती हुदैन् । विद्युतका स्थानीय कर्मचारीले समेत मर्मत गर्नुपर्ने भन्दै विभिन्न बाहना बनाउने गरेको स्थानीयको गुनासो छ ।

Leave a Reply