बेनी नगरपालिका–३ भकिम्ली जयन्ती माविको भवन निर्माण कार्य आर्थिक समस्याले प्रभावित भएपछि अमेरिकामा रहेका भकिम्लीबासीले दोस्रो चरणको आर्थिक संकलन अभियान सुरु गरेका छन् । जीर्ण भवन भत्किने अवस्थमा पुगेपछि स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीको सक्रियतामा सुरु भएको आर्थिक संकलन अभियान, सरकारी निकायबाट प्राप्त सहयोगले समेत अपुगको खवर बेनीअनलाइनमा प्रकाशित भएपछि भकिम्ली घरभई हाल अमेरिकामा रहेका भकिम्लीबासीले दोस्रो चरणमा थप सहयोग जुटाउने अभियान सुरु गरेको अगुवा यूवा याम पुनले बताए ।

‘भवनलाई अन्तिम रुप दिन थप सहयोग जुटाउन थालेका छौ,‘बाँकी काम सम्पन्न गर्ने अभियानमा सहयोग गर्न भकिम्लीबासीले अपिल गरेका छौ’ उनले भने । अभियानमा भकिम्ली मुसुङडोले घरभईहाल अमेरिकमा रहेका इन्द्र थापा मगरले थप १ लाख सहयोग गरेका छन् । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सहयोगी थापामगर समेत जयन्ती माविको भवनमा आर्थिक सहयोग जुटाउने एक अभियान्ता हुन् ।

सदरमुकाम बेनी नजिक भएर पनि स्थापनाकालकै भवनमा पठनपाठन भइरहेको भवनलाई भत्काएर भुकम्प प्रतिरोधात्मक भवन बनाउन स्थानीयले लगतार देखाएको सक्रियता उत्साहजनक भएपनि अन्तिम समयमा आर्थिक अभावले भवनको अन्तिम तथा नजिकै रहेको खेलमैदानमा समान्य मर्मत समेत गर्न सकिएको छैन् । भवन निर्माणमा शिक्षक तथा ब्यवस्थापन समितिबाट ऋण ब्यवस्थापन गरिएको १२ लाख ६० हजार, फर्निचर, हार्डवयेर लगाएत भवन निर्माणमा गरिएको खर्च २६ लाख गरी करिव ३९ लाख ऋण रहेको बताए ।भवन निर्माणमा २ करोड ५८ लाख ७५ हजार संकलmन भएको छ ।

Leave a Reply