विदेशबाट हातको ‘ठेला’ फुटाउँदै फर्किएका धन श्रीषले घरमै पैसा फलाउँदै

बेनी नगरपालिका–३ भकिम्लीका धन श्रीषको बाख्रा फर्ममा मोरङका केशव न्यौपानेको टोलीले समुह बनाएर अवलोकन भ्रमण ग¥यो । म्याग्दीको विकट गाउँमा नमुना बाख्रापालनको जानकारी पाएका न्यौपानेले जिल्लाको सदरमुकाम बेनी नजिककै बस्तीमा भएकाले सहजै सवारीसाधनमै टोलीसँगै पुगेर फर्मको अवलोकन गरे ।

उनले खोर ब्यवस्थापनलाई भन्दा पनि स्थानीय जातको बाख्राबाट ब्यवसायी बाख्रापालन सुरू गदैं बार्षिक १४ लाखसम्म आम्दानी गर्न सक्ने श्रीषको मेहनत र शैलीलाई सिक्ने अवसर पाएको बताए । ‘दुईचारवटा स्थानीय जातका बाख्रापालनबाट उहाँले गरेको कामबाट धेरैले सिक्न सक्छन्,‘खोरदेखि खेतबारीमा घाँससम्म विस्तार गरेर सहजै बाख्रापालन गर्न सकिन्छ भन्ने एउटा उदारहण उहाँबाट सिक्न सफल भएका छौ’ न्यौपानेले भने ।

उनले श्रीषको फर्मलाई थप प्रचारप्रसार गर्ने बताए । केन्द्रिय भेडाबाख्रा प्रर्बद्धन केन्द्रको सिफारिसमा मेची देखि महाकालीसम्मका बाख्रापालक कृषकमा लोकप्रियता कमाइरहेका श्रीषको फर्ममा पशुविकास अधिकृत इश्वरी खतिवडा सहितको विज्ञको टोली समेत पुगेको छ । ‘बाख्रापालनका बारेमा समान्य ज्ञान समेत नभएकाहरु यहाँ आएर मेरो दैनिकी हेर्नुहुन्छ, भिडियो बनाएर समेत लैजानुहुन्छ’ श्रीषले भने । उनले विहान देखी बेलुकीसम्म बाख्रा फर्ममो गर्ने गतिविधिलाई जानकारी गराउने गरेको उनले बताए ।

‘फोनबाटै धेरैलाई सिकाउने गरेको छु,‘विदेशबाट फर्किएकालाई मेरो पहिलो प्राथमिकता छ’ उनले भने । अनुदान करिव २ लाख ५० हजारबाट खोर सुधार गरिरहेको श्रीषले जेठ र असार महिनामा आफ्नो आन्तरिक ब्यवस्थापनमै ब्यस्त हुनुपर्ने भएपनि अन्य समयमा देशैभरीबाट भ्रमण तथा पाठा खरिद गर्न आउने गरेको बताए । हालसम्म श्रीषको फर्म खोज्दै ५० समुह र डेढ सयभन्दा धेरै ब्यक्तिगत रुपमै आएका छन् । धेरै भ्रमणमा आउने जिल्लामा बुटवल, भैरवहवा, मोरङ, सहित पश्चिम नेपालका विभिन्न जिल्लाबाट छन् ।

छिमेकी राष्ट्र भारतको दारजलिङ आसपासका क्षेत्रबाट समेत आउने गरेका छन् । इलाम र दारजलिङका कृषकहरु समुह बनाएर आउने गरेका छन् । खोर ब्यवस्थापन सहित डेढ सय बोयर पुगेपछि निश्चित शुल्क तोक्ने योजना समेत उनको छ। श्रीषको फर्ममा बोर जातका बाख्रा, बोका, पाठापाठी छन् । स्थानीय जातका बाख्रालाई विस्थापित गरी उन्नतजातका बाख्रापालमा आर्कषित भएका श्रीषको खोरमा बोयर जातका बोकाबाख्रा धेरै छन् ।

अहिले उनको खोरमा ५० बोयर छन् । करिव डेढ लाख पर्ने बोका समेत छ । बोयरको बोका खरिद गरी ल्याएर स्थानीय लोकल जातको बाख्रासँग क्रस गराई त्यसबाट उत्पादित बाख्रालाई प्रति केजी १५ सयमा विक्री गर्ने गरेका छन् । श्रीष पशुपालन तथा कृषि फार्म प्रालि दर्ता गरी व्यावसायिक बाख्रापालन गरेका श्रीषले बिउका रुपमा बोयर जातको बाख्रा पालेकाले बोयरको श्रोतकेन्द्र बनाउन आवश्यक पूर्वाधार र तालिम लिइरहेका छन् ।

श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडेललाई प्रयोग गरेका छन् । ६० ओटा बोयर जातका बाख्रा रहेका छन् । हाइब्रिड पद्धतिबाट बाख्राहरु उत्पादन गर्ने, बाख्रापालन सम्बन्धि तालिम, डाले घाँस खेतीका बारेमा खेतबारीमै पुगेर जानकारी गराउने, जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोक लाग्ने, दुध मासु दुवैका लागि प्रयोग हुने, आर्कषक र कसिलो शरीर हुने लगाएतका आफ्नो तालिमका अनुभवलाई समेत कृषकलाई जानकारी गराउने गरेका छन् । ६० रोपनी जग्गामा घाँस खेती गरेका छन् ।

विदेशबाट ऋणसँगै हातमा ठेला
रोजगारको सिलसिलामा यूरोपियन मुलुक र खाडीमा डेढ दशक विताएका श्रीषले फर्किने बेलामा हातमा ठेला फुटाउँदै घर आएका थिए । यूरोप र खाडीमुलुकमा परिवारको खुसीका लागि योजना बुनेका श्रीष घर फर्किदा सातलाख ऋण बोकेर फर्किए । ‘हातमा ठेला फुटाउँदै घरमा फर्किए,‘ऋण खोजेर बाख्रापालन सुरू गरे’ श्रीषले भने ।

यूरोपबाट ऋण बोकेर फर्किएका श्रीषको संघर्षले समेत पशुपालन आर्थिक आर्जनको माध्यम भएपनि ठुलै चुनौती भएपनि ऋर्ण तिर्नैका लागि सुरु गरेको बाख्रापालन अहिले गोठमै पैसाको मुल जस्तै भएको छ । ‘विदेशको ऋण पनि यहीबाट तिरे, ‘धनसम्पत्ती पनि यसैबाट जोडे’ श्रीषले बेनीअनलाइनलाई भने । उनले स्थानीय जातका बाख्रालाई विस्थापित गरेपछि अहिले बोयरबाट गोठमै पैसा कमाउन थालेपछि यसैमा ध्यान केन्द्रित गरेको बताए । आइतबार पाल्पामा तालिम सहित विभिन्न कार्यक्रममा सहभागी भइरहेका श्रीषले आफ्नो अनुभव र भविस्यमा तयार गरिएको योजनाका बारेमा समेत अनुभव सुनाउने गरेको बताउँछन् ।

खाडी मुलुकमा पुगेर फर्किएका यूवा पशुपालनमा आर्कषित भइरहेको अवस्थामा श्रीषले विदेशमा आफुँले खाएको हन्डरलाई सम्झिएर स्थलगत रुपमा आएका र फोनबाट समेत बाख्रापालनका बारेमा सिकाउने र समस्या समाधान गर्ने गरेका छन् । उनले तीनबर्षभित्र बार्षिक २५ लाखसम्म आम्दानी गर्ने गरी खोर विस्तार सहितको योजना बनाएका छन् ।