सडक बनाउन कालीपुलबासीको दवाव

बेनी नगरपालिका–८ का बासिन्दाहरुले बेनी–गलेश्वर सडक आयोजनालाई तिब्रता दिन माग गर्दै पूर्वाधार विकास कार्यालयमा दवाव दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा सोमबार कालीपुलका ब्यवसायी र बासिन्दाहरुको टोलीले कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गालाई भेटेर ढिलासुस्ती भएकोप्रति ध्यानाकर्षण गराएका हुन् ।

ठेकेदार कम्पनीले सडक कालोपत्रे, ग्राभेल र नाली निर्माण गर्न ढिलाई गर्दा धुलो र हिलोले सास्ती भएको कालीपुलबासीको गुनासो छ । सडकको बेहाल अवस्थाले जिल्लाको बदनाम भएको छ । २०६४ मा कालीगण्डकीमा मोटरेबल पुल बनेर कालीपुल बसपार्क सञ्चालन भएपछि चालू भएको यो सडक अझै कालोपत्रे भएको छैन् । बेनी गलेश्वर सडक आयोजनाले सडकको दायाँ र बायाँ ढल व्यवस्थापनका लागि नाली बनाएपनि पूर्णता नदिएकाले दुर्घटनाको जोखिम बढेको छ । चालन गरेको पूर्वाधार विकास कार्यालयमा गएर काम छिटो अघि बढाउन दवाव दिएका छन् ।

कालीपुल देखि गलेश्वर खण्डमा एक किलोमिटर नौ सय मिटर सडक कालोपत्रेका लागि २०७५ असारमा गौरी–पार्वती–रुपल जेभिले चार करोड ३२ लाख रुपैयामा ठेक्का लिएको थियो । एक वर्षे ठेक्का सम्झौता अवधि भएको यो आयोजनाको पचास प्रतिशत पनि भौतिक प्रगति भएको छैन् ।निर्माण कम्पनीलाई मजदुर र उपकरण थपेर काममा तिब्रता दिन ताकेता गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो ।

बर्खाका लागि ग्राभेल गरेर पानी नजम्ने र धुलो नउड्ने बनाउन ठकेदारलाई निर्देशन दिने उहाँले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधिले मौसमका कारण अहिले कालोपत्रे गर्न नसकिने र खानेपानीको पाइप व्यवस्थापन नहुँदा सडक विस्तार गर्न समस्या भएको बताएका छन् । बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले दुई वर्षअघि तयार पारिएको कालीपुल बसपार्कको डिपिआर कार्यान्वयनका लागि आर्थिक स्रोत खोजिएको बताउनुभयो । सडकको काम सकेपछि ढल व्यवस्थापका लागि संरचना बनाउने उहाँको भनाई छ ।