म्याग्दीका पुल छियाछिया बन्दै

उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा निर्माणधिन अवस्थामा रहेको नेपाल विद्युत प्राधिकारणले २२० केभी क्षमताको कालिगण्डकी प्रशारण करिडोरमा आवश्यक पर्ने ३५ टनभन्दा बढी क्षमताको ट्रान्सफर्मर म्याग्दीको सदरमुकाम जोड्ने पक्की पुल हुदै सवस्टेशनसम्म पुग्यो । करिव एकसाता लगाएर सवस्टेशनका कर्मचारीले बेनीको पक्की पुल बाहेक गलेश्वर हुदै तीनवटा बेलिब्रिजमा सर्पोट राखेर दानासम्म पु¥याइयो ।

अहिले उत्तरी म्याग्दी जोड्ने सबैजसो बेलिब्रिजमा समान्य मोटरसाईकल सहित साना सवारीसाधन आवतजावत गर्दा समेत जोखिम बढेको छ । पर्वत र म्याग्दी जोड्ने पक्की पुलमा क्षमता मापन नगरी क्षमताभन्दा बढी समान लिएर हेभी सवारीसाधन आवतजावत गर्न थालेपछि पक्की पुल जिर्ण बन्दै गएको छ । करिव २४ घण्टै सवारीसाधन आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दा समेत हल्लिन्छ ।

उत्तरी क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मर सहित हेभी इक्यूमेन्ट सम्बन्धि सरकारी निकायको निगरानी बिनै पुलमा समान्य सर्पोट राखेर भारतीय १८ चक्के सम्मका सवारीसाधन आवतजावत गर्दा दुई जिल्ला जोड्ने पक्की पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको बेनी नगरपालिका वडा नं ८ कालिपुलका खेम केसीले बताए।‘पुलमा पैदलयात्रा गर्दा पनि हल्लिन्छ,‘जोखिम ह्वात्तै बढेको छ,पुलकोक्षमताका बारेमा कुनैपनि जानकारी उल्लेख छैन’केसीले भने।

पक्की पुलमा खाल्टाखुल्टी भएकाले पोखरी बन्ने गरेकाले पनि सवारीसाधन आवतजावतमा समेत समस्या हुन्छ ।पक्की पुलको संरक्षणका लागि अहिलेसम्म कुनैपनि सरकारी निकायले चासो देखाएका छैनन् ।बेनी नगरपालिकाको वडा तथा अन्य सरोकारवाला निकायले समेत क्षमताभन्दा धेरै ढुवानीलाई रोक्ने तर्फ चासो नदेखाएको स्थानीयको गुनासो छ।

डेढ दशक अगाडी निर्मित पक्की पुलको मर्मत तथा क्षमतभन्दा बढीका सवारीसाधनलाई रोक लगाउन नसक्दा कुनैपनि बेला गम्भीर क्षती हुने प्राविधिक पक्षकै भनाई छ ।बेनी नगरपालिकाका तथा सडक विभागका इन्जिनियरलाई समेत पुलको आधिकारिक भारवन क्षमताका बारेमा जानकारी छैन् ।गण्डकी प्रदेशको लाइफलाइन बेनी–जोमसोम– कोरला सडकखण्ड अन्तरगत महत्वपूर्ण मानिएको पुलको मर्मत तथा आवश्यक सुरक्षाका लागि सम्बन्धित निकायले चासो देखाउनुपर्ने बेनीका कृष्णप्रसाद श्रेष्ठले बताए ।

‘पुल आसपासमा निर्मित संरचनाले समेत थप जोखिम बढेको छ,‘मापदण्ड विपरितको संरचनालाई तत्काल भत्काउनुपर्छ’ उनले भने ।यसैबीच बेनी–हाँडेभीर जोड्ने बेलिब्रिजको अवस्था समेत जिर्ण छ ।बेलिब्रिज आसपासमा निर्मित संरचनाले समेत पुललाई असर गरेको छ । पुल नजिकै बाल्ुवा उत्खनन् सहित भौतिक संरचनाले समेत पुललाई असर गरेकाले तत्काल संरचनालाई विस्तापित गर्नुपर्ने सरोकारवालाको भूमिका रहेको छ ।

बेलिब्रिज पनि छियाछिया
तत्कालिन समयमा बेनी–जोमसोम सडकखण्ड विस्तारसँगै निर्मित उत्तरी म्याग्दीमा निर्मित तीनवटा बेलिब्रिजको अवस्था पनि उस्तै छ । गलेश्वर, महभीर र पोखरेबगरमा क्षमताभन्दा धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठडयाइएका पाता, नटबोल्टहरूमा असर गरेको छ । सवस्टेशन, मिस्त्रीखोला र मुस्ताङमा निर्मित थापाखोला जलविद्युत आयोजनाले सर्पोट राखेर ढुवानी गरेपनि बेलिब्रिज छियाछिया भएको छ ।दुईपाङ्ग्रे सवारीसाधन आवतजावनको क्रममा समेत समस्या देखिन थालेको छ ।पुलको बीचमा प्वाल परेको छ भने बिम समेत जिर्ण अवस्थामा छ ।

केहीदिन अगाडी बेलिब्रिजमा बोलेरो अड्एिकपछि करिव डेढघण्टा सवारीसाधन अवरुद्ध भएको थियो । क्षमताभन्दा बढी भारवहन सवारी पुल हँुदै आवतजावत गर्दा समस्या भएपछि गाउँपालिकाले सम्बन्धित निकायलाई सचेत बनाएको अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए ।‘पुल एकदमै जोखिम देखिन्छ,‘कुनै पनि बेला पुलमा ठूलो दुर्घटना हुनसक्छ’ उनले भने ।कालिगण्डकी कोरिडोर अन्तरगत नयाँ पुल बन्दै गरेपनि तत्काल पुरानै पुलको संरक्षण गर्नुपर्ने बताए ।

उत्तरी म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्ने पुलमा भुकम्प आउँदा हल्लिएको जस्तै हुन भएकाले पैदलयात्रीलाई समस्या हुने गरेको छ ।पुलको डिजाईन गर्दा तोकिएको भारवन क्षमताका बारेमा समेत अस्पष्ट भएकाले जलविद्युत र सवस्टेशनका प्राविधिकले पुलमा थप सर्पोट राखेर ढुवानी गर्ने गरेकाले पनि तत्काल गाउँपालिकामार्फत प्राविधिक टोलीलाई पुलको निरिक्षणमा ल्याउनुपर्नेमा जोड दिइएको छ ।