स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ ।  तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।

फूको आँखामा फूरै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट करीब १८ करोड ३१ लाख ४३ हजार ३४० रुपैयाँ भित्र्याएपछि सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय इकाइले अनुसन्धान थालेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

 

Leave a Reply