मौसम अनुसारको फलफूल र सागसब्जी बजारमा पाइन्छन् । मौसम अनुसारका सबै फलफूहरु तथा सागसब्जीहरुको आ–आफ्नै गुण हुन्छ । यसै सन्दर्भमा गर्मी मौसम सुरु भएसँगै विभिन्न फलफूलहरु पनि बजारमा आउन थालेका छन् ।

गर्मीको सिजनमा पाइने फलफूलहरुमा अत्यधिक पानी र फाइबरहरु पाइन्छन् । ती फलफूलमध्ये लिची पनि एक हो । गर्मी सिजनमा बजारमा उपलब्ध हुने लिचीलाई मीठा मोतीको रुपमा पनि लिइन्छ ।

लिचीमा हामीले स्वाद र फ्लेभर मात्र होइन स्वास्थ्यवद्र्धक गुण पनि पाउँछौं । लिचीमा भरपुर पानीको मात्रा हुन्छ । साथै लिचीमा भिटामिन सी र पोटासियम पनि पाइन्छ । यसले गर्मीमा शरीर र पेटलाई शितलता प्रदान गर्न मद्दत गर्छ ।

यस्ता छन् लिचीका अन्य फाइदाहरुः

–इम्युनिटी बलियो बनाउँछः
हाम्रो इम्युनिटीको लागि लिची निकै फाइदाजनक छ । लिचीले हाम्रो शरीरको इम्युनिटी पावरलाई बढाईदिन्छ । लिचीमा बिटा–क्याटोरिन, नियासिन, राइबोफ्बेविन र फोलेट प्रचुर मात्रामा पाइन्छ । यी सबै तत्वले हाम्रो शरीरको इम्युनिटी सिस्टमलाई स्वास्थ्य राख्न सघाउँछ ।

–पाचन प्रणालीलाई बलियो बनाउँछः
लिचीको सेवनले हाम्रो पाचन तन्त्र तन्दुरुस्त बन्छ । किनभने यसमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । उल्टी गर्ने, पेटकको समस्या, पेटको अल्सर लगाएतको समस्याबाट छुटकारा पाउनका लागि पनि लिचीको उपयोग गर्न सकिन्छ ।

–घाँटीमा हुने समस्याबाट जोगाउँछः
यदि घाँटीमा कुनै पनि समस्यमा भएमा लिची खानु उपयुक्त हुन्छ ।

–पानीको कमीको समस्याबाट जोगाउँछः
सायद सीमितलाई मात्र थाहा हुनसक्छ, लिचीमा भरपुर पानी पाइन्छ । लिचीमा पाइने पानीले शरीरमा हुने पानीको कमीलाई आपूर्ती गर्छ । लिचीले शरीरलाई शितल बनाउन पनि मद्दत गर्छ ।

–त्वचालाई मुलायम बनाउँछः
लिचीको सेवनले हाम्रो त्वचालाई पनि चमक दिन्छ । यसमा भरपुर भिटामिन सी पाइन्छ, जसले एन्टिअक्सिडेन्ट फाइटिङको काम गर्छ । जसको कारण हाम्रो त्वचा मुलायम बन्छ ।

– वजनलाई कन्ट्रोल गर्छः
लिचीको नियमित सेवनले वजनलाई कन्ट्रोल गर्छ । चिलीमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । फाइबरले वजनलाई कन्ट्रोल राख्न मद्दत गर्छ । Source: Agency

Leave a Reply