थोत्रा गाडीलाई बिजुली बस बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविस्कार केन्द्र थोत्रा पेट्रोलियम इन्धन इन्जिन गाडीलाई विद्युतीय बनाउन जुटेको छ। ६ जानाको टोलीले विगत १ महिना देखि पुराना इन्जिन गाडीलाई स्वरुप परिवर्तन गरेर विद्युतीय बनाउन लागिरहेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए।‘पुराना गाडीको इन्जिन फालेर कभरलाई डेन्टिङ पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको हो,’ पुनले भने।

यो गाडी ३ महिनामा तयार हुने उनले जानकारी दिए। यो तरिकाबाट गाडी बनाउन सके गाडी र इन्धन आयात घट्ने, रोजगार बढ्ने र वातावरण पनि स्वच्छ हुने पुनको विश्वास छ।गाडी १५ देखि २० लाखसम्म तयार हुने उनले जानकारी दिए।‘च्यासीस पुरानैले हुन्छ, राम्रो व्याट्रीको ४ लाख ५० हजार जति पर्ला, मोटर चाहियो यस्तै यस्तै खर्चहरु हुन्छन्,’ पुनले सेतोपाटीसगँ भने ‘सरकारले कुनै व्यापारीको दबाबमा नपरी, घुसमा नफसी पोलिसी बनाउने हो भने देशलाई धेरै फाइदा हुन्छ’

सरकारसँग रहेका थुप्रै पुराना गाडी कवाडीमा बिक्री गर्नुको साटो यसरी मोडिफाई पुन: सञ्चालन गर्न सकिने उनको भनाइ छ।भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै ७७ अर्व १२ करोड ७६ लाख ६४ हजार को सवारी साधन आयात भएको छ। Copyright: setopati.com