म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार बेनी नगरपालिकाका जनप्रतिनिधिहरुका लागि मुलुकी देवानी तथा फौजदारी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र सिविन नेपाल म्याग्दीको आयोजनामा अभिमुखीकरण तथा अन्तत्र्रिया गरिएको हो । अभिमुखीकरण तथा अन्तत्र्रिया कार्यक्रममा मुलुकी देवानी संहिता ऐन र फौजदारी संहिता–२०७४ मा उल्लेख गरिएको विभिन्न कानुनका विषयहरुमा सहजीकरण गरिएको थियो ।

दुई दिनसम्म चलेको कार्यक्रमको प्रशिक्षक मुक्ति ढुङ्गानाले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले लैङ्गिक तथा महिला हिंसा, बालविवाह र यसका सम्बन्धमा प्रचलित ऐन कानुनका विषयमा आ–आफ्नो धारणा र जिज्ञासा राखेका थिए । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, न्यायिक समितिका सदस्य, वडा सदस्यहरु तथा सरोकारवालाले सहभागिता जनाएको कार्यक्रमको सिविन नेपाल म्याग्दीका कार्यक्रम अधिकृत वसन्त ढुङ्गानाले सञ्चालन गरेका थिए ।

Leave a Reply