आफ्नै छाेरी बलात्कार गरेकाे आरोपमा नेपाल सरकारका उप-सचिव पक्राउ !

आफ्नै छोरीलाई करणी गरेको आरोपमा मन्त्रालयका एक जना उपसचिव पक्राउ परेका छन्।सोमबार प्रहरीले १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ती उपसचिवलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव रहेका छन्। उनकाे नाम खुलाइएकाे छैन।महोत्तरी घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षे उपसचिवले आफ्नी छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

उनले तीन/चार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ‘विदेशतिर छोरीलाई करणी गर्छन् नेपालमा पनि गर्दा केही हुँदैन’ भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।