मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुभारम्भ

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुभारम्भ गरिएको छ । वडास्तरमै बेरोजगारीलाई रोजगार दिलाउने कार्यक्रमको अवसरमा वडास्तरका आवश्यक विकास निर्माण सहित विभिन्न योजनामा जिम्मेबारी भएर काम गर्ने अनुरोध गरिएको थियो । कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले वडास्तरमै रोजगारको ब्यवस्थालाई अवसरको रुपमा लिन अनुरोध गरे ।

उनले गाउँमै रोजगार दिने कार्यक्रमलाई एउटा अवसरको रुपमा लिनुपर्ने बताए । सोही अवसरमा उपाध्यक्ष खरमयाा विटालुले कार्यक्रम औपचारिकता मात्रै नभई गाउँको मुहार फेर्ने गरी आएकाले रोजगारसँगै समृद्ध वडा हुदै नेपाल बनाउने सरकारको अभियानलाई नतिजामुखी कामबाटै देखाउनुपर्ने बताईन् । मालिका गाउँपालिकामा कार्यक्रम अन्तरगत ३० लाख प्राप्त भएकोमा प्रति वडा ४ लाखको दरले वितरण गरिएको जनाइएको छ। कार्यक्रममा २ लाख कर्मचारीको अनुगमन सहित आवश्यक ब्यवस्थापनमा खर्च गरिने छ ।

मालिका गाउँपालिकामा ६ सय जना बढीले वडा मार्फत बेरोजगार फारम भरेपनि विपन्नलाई प्राथमिकता दिएर कार्यक्रममा सहभाग्री गराइएको कार्यक्रम संयोजक सावित्री गर्बुजाले बताईन् । कार्यक्रम सुभारम्भको अध्यक्षता वडा अध्यक्ष रेशम जुग्जाली र सञ्चालन वडा सचिव मिलन थापा मगरले गरेका थिए । गाउँपालिकाले भौतिक पूर्वाधार अन्तरगत सडक, पदमार्गलाई प्राथमिकता दिएको छ भने हरेक वडामा आवश्यक पूर्वाधा विस्तारमा कार्यक्रमलाई केन्द्रित गर्ने जनाएको छ ।