आजदेखि तीन दिनसम्म मौसम बदली सहित वर्षा हुने नेपाल बाढी पूवअनुमान महाशाखाले जनाएको छ । वर्षाका कारण प्रदेश १ को चुरे तथा पहाडी क्षेत्रका स-साना नदीहरूमा बहाव बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । देशका ठूला तथा मझौला नदीहरूमा भने ठूलो बहावको सम्भावना नदेखिएकाे पनि महाशाखाले जनाएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्ताे छ तीन दिनकाे माैसम
जेठ ३१ गते (शुक्रबार)
देशकको मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशकको मध्य पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
।
जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
असार १ गते (आइतबार)