शल्यक्रिया गर्दा बिरामीको आन्द्रा काटियो, लापरबाहीले ज्यान गयो

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्दा चाबहिलस्थित ओम अस्पताल बिहीबार तनावग्रस्त बनेको छ । पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको पाँच दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको बिहीबार मृत्यु भएको थियो ।

गत शुक्रबार अस्पताल भर्ना भएकी उनको शनिबार डा रवीन कोइरालाले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरेका थिए ।
शल्यक्रिया गर्दा आन्दा काटिएको र तुरुन्त उपचार नगरेकाले संक्रमण फैलिएर मृत्यु भएको थापाका आफन्तले आरोप लगाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।