म्याग्दी बचत सहकारीले एटिएम सेवा थप गर्ने

काठमाण्डौमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई सहज सेवा उपलब्ध गराउन ओटामेटेड टेलर मेसिन(एटिएम) सेवा थप गर्ने भएको छ । संस्थाको १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीले आधुनिक सेवा अन्तरगत एटिएम सेवा सहित थप सेवामार्फत सेयर सदस्यलाई सहज वातावरण बनाउने संस्थाकी अध्यक्ष थदेवी पुनले बताईन् ।

‘सेवालाई समयअनुकुल थप गर्दै जान्छौ,‘सेयर सदस्यलाई सहभागिमुलक तालिमलाई समेत प्राथमिकता दिएका छौ’ पुनले भनिन् । म्याग्दीका सबै ६ वटै स्थानीय तहका वडाका सेयर सदस्य रहेको सहकारीले निक्षप तथा बचत सेवाका साथै विभिन्न सघसंस्थालाई आर्थिक सहयोग गदैं आइरहेको संस्थाका प्रवन्ध संचालक दिपबहादुर छन्त्यालले बताए । उनका अनुसार काठमाण्डौका साथै म्याग्दी जिल्लाका विभिन्न वडामा कृषि सहित विभिन्न तालिमका साथै सहकारी सम्बन्धि जनचेतनामुलक, अभिमुखिकरण तालिम समेत सञ्चालन गरिएको बताए ।

सहकारीले सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमलाई प्राथमिकता दिने क्रममा नेपालकै पहिलो बखान बहुउदेश्यीय सहकारी संस्थालाई समेत १ लाख सहयोग तथा हरेक बर्ष एइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान सहितका नियमित कार्यक्रम समेत गर्ने गरेको छ । सहकारीले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्षद्धय कृष्णबहादुर केसी र थमबहादुर छन्त्याल, पदाधिकारी, सेयरसदस्य लगाएतको उपस्थिती रहेको थियो ।