प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले आश्वासन दिए अनुसारको बजेट विनियोजन नभएको गुनासो गरेका छन् । जिल्लाका आवश्यक योजनाहरूलाई मन्त्रालय, सचिव, मन्त्रीलाई बजेट माग्दा आश्वासन प्राप्त गरेपनि कितावमा आउँदा हराउने गरेको बताएका छन् ।

विनियोजन विधेयक माथीको छलफल अन्तरगत सांसदमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र संघीय तथा समान्य मन्त्रालयको आगामी बर्षको बजेटका बारेमा बोल्दै सांसद थापाले काम गर्ने तरिका पुरातन शैली नै देखिएको भन्दै असन्तुष्ट प्रकट गरेका छन् । ‘बजेटको छलफलमा जनतामा त्यती उत्साह पाएका छैनौ,‘बजेटमा केही राम्रा कुरा पनि छन्’ थापाले भने । सांसद थापाले बाल गीत खै के बिरालो ? खै मुसा ? दुलोभित्र पस्यो , खै दुलो ? गाईले कुल्च्यो, खै गाई ? खोलाले बगायो भन्दै बजेट विनियोजनमा आलोचना गरेका थिए । उनले नीति तथा कार्यक्रम तथा बजेट आउँदाको उत्साह खोलाले बगाएजस्तै भएको उनको भनाई थियो ।

सांसद थापाले दुर्गम जिल्लाका विद्यालयमा आवासीय सुविधा सहित हिमाली जिल्लालाई कक्षागत आधारमा शिक्षकको दरबन्दीको ब्यवस्था, कम विद्यार्थी भएका विद्यालयलाई मर्जर गर्नुपर्ने बताए । उनले हिमाली जिल्लालाई केही राहतको महसुस गरिएपनि मन्त्रीहरुको निर्वाचन क्षेत्रमा पानाका पाना योजनाहरु समावेश गरिएपनि सांसदको जिल्लामा भने एउटा योजनाहरु नपर्ने भन्दै असन्तुष्ट प्रकट गरेका थिए ।

उनले म्याग्दीका केही महत्वपूर्ण झोलुङे पुल योजनामा समेट्न नसकिएको भन्दै तत्काल योजना मा समावेश गर्न अनुरोध गरेका थिए । उनले खानेपानीको योजनामा समेत न्यून बजेट परेको भन्दै तत्काल थप गर्न अनुरोध गरेका थिए । करिव ८ मिनेटमा सांसद थापाले म्याग्दीका आवश्यक योजनालाई स्थान दिन माग गरेका थिए । आगामी बर्षको बजेटमा नयाँ हिमाली जिल्ला घोषणा भएपनि म्याग्दीमा अपेक्षा गरे अनुसारको बजेट विनियोजन नभएपछि सांसद थापाले मन्त्रालयमा भेटघाट सहित थप योजनामा ल्याउन सक्रियता देखाएका छन् ।

Leave a Reply