‘म्याग्दीका यूवा जसले क्यानडा जाने प्रलोभनमा २२ हजार डलर फसाए’

म्याग्दीका एक यूवाले आकर्षक तलबसहित रोजगारीका लागि क्यानडा जाने प्रलोभन झन्डै बुबा र मामाको मृगौला गुमाएनन्। श्याम (नाम परिवर्तन) ले काठमाडौंमा बसेका वेला एक युवकसँग भएको सामान्य चिनजानमै यस्तो प्रस्ताव गरेपछि नुवाकोटका योगश सापकोटामार्फत ०७५ माघ २२ गते भारततर्फ प्रस्थान गरेका श्यामलाई भारत हुँदै क्यानडा लग्ने बताए र नयाँ दिल्लीको होटलमा बस्दा भारतीय व्यक्तिले २२ हजार अमेरिकी डलर प्राप्त गरेपछि मात्रै क्यानेडा सम्भव भएको बताएपछि श्यामले बुबा र मामालाई नगद २२ हजार ५९ डलर मगाएका थिए ।

करिब एक सातापछि उनीहरु नयाँ दिल्ली पुगेपछि इन्दिरा गान्धी एयरपोर्टमा अलपत्र छोडेपछि श्यामले तत्कालै होटलमा आउँदा बुबा र मामा गुडगाउँको होटलमा बेहोस अवस्थामा भेटिएपछि नक्कली भिषामा नराम्रोसँग फसेका हुन् ।

होटलमा बुबा र मामासँग रहेको २२ हजार डलर लुटेर दलाल फरार भएपछि अलपत्र परेका श्याम र उनका बुबामामाले प्रहरीमा उजुरी दिएको आधारमा प्रहरीले नेपाली एजेन्ट सापकोटालाई नियन्त्रणमा लिएको अपराध अनुसन्धान ब्युरोका एसपी अनुपम शमशेर जबराको भनाई उद्धित गदैं नेपालकै चर्चित अनलाइन खवरले समाचार प्रकाशित गरेको छ । अनलाइनखवरका अनुसार दलालले क्यानाडा लैजाने नाममा श्याम र उनका बुबा र मामाको मृगौला चोरी गर्ने प्रयास गरेको जनाएको छ ।

दुवै जनालाई बेहोस बनाइएको भेटिएकाले मिर्गौला झिक्ने उद्देश्य राखिएको हुनसक्ने आशंका गरिएको छ । अनुसन्धानमा संलग्न अधिकृतको भनाई उद्धित गदैं समाचारमा उल्लेख गरिएको छ । फोनमा हस्पिटल र किड्नीको विषयमा छलफल पनि भएको देखिएकाले अनुसन्धानका लागि आधिकारिक नाम गोप्य राखी नाम परिवर्तन गरिएको श्याम र नेपाली एजेन्डमार्फत भारतीय दलालसँग पुग्ने योजनामा प्रहरी रहेको देखिन्छ ।

श्यामले स्वेदश फर्किएका उनीहरुले प्रहरीको मानव बेचबिखन ब्युरोमा उजुरी दिएका थिए, जसको आधारमा पक्राउ परेका नेपाली एजेन्ड सापकोटामार्फत नेपाली जालो भत्काउने तयारीमा प्रहरी रहेको छ । पक्राउ परेका सापकोटामाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अन्तरगत अनुसन्धान र कारबाही हुने जनाइएको छ । म्याग्दीबाट दोस्रो मुलुक हुदै खाडी तथा अमेरिका लगाएतका देशमा गैरकानुनी रुपमा जानेको संख्या अत्याधिक रहेको छ । महिला तथा यूवाहरु भारतीय खुल्ला सिमाबाट आवतजावत गर्ने गरेका घटना विगतमा समेत म्याग्दी प्रहरीले प्राप्त गर्ने गरेको थियो ।