वेष्ट पोइन्ट कलेज बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो । कलेजमा गठित Influential Bachelor क्लबले कार्यक्रम आयोजनामा गरेकोे हो । रक्तदान कार्यक्रममा १८ जनाले रगत दान गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा म्याग्दीका सभापति लेख बहादुर हमालले ब्लड पाउच हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। उहाँले मन्तब्य ब्यक्त गर्दै रक्त दान भनेको जीवन दान हो यस्तो महान कार्यमा वेष्ट पोइन्ट कलेज र यहाँ गठित क्लब र यहाँको युवा रेडक्रस सर्कलले गर्ने कार्यक्रम ज्यादै सह्रनीय भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा म्याग्दीका सभापति लेखबहादुर हमाल, रक्त संचार केन्द्र म्याग्दीका संयोजक सुरत केसी र प्राबिधिक हरुलाई मायाको चिनो वितरण गरिएको थियो । शिक्षक अभिभाबक संघ, संस्थापक निर्देशकहरु र क्लबका पुर्व अध्यक्ष पुर्व विद्यार्थीहरु समेतको उपस्थिति रहेको कार्यक्रम क्लबकका सचिव कृष्ण विश्वकर्माको संचालन सदस्य सृष्टि पाइजाको स्वागत र क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

Leave a Reply