बाँकेमा बालबिबाहविरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरु सचेतनामुलक अभियान सञ्चालनमा व्यस्त रहँदा मधेसी समूदायका केही महिला भने १६ वर्षमै बिबाह गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन् ।
बाँके जानकी गाउँपालिकाका रामदेश मिश्रको नेतृत्वका केही मधेसी महिलाले जिल्ला प्रशासन कार्यायलमा धर्ना दिएका हुन् ।
२० वर्ष पूरा गरेका छोराछोरीको बिहे गर्न खर्चले नधान्ने भएकाले कानुन नै संशोधन गर्न समेत माग गरिएको मिश्रको भनाई छ ।  मुलुकी अपराध संहिता २०७० मा २० वर्ष नपुगी बिबाह गर्न नपाइने व्यवस्था छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply